कुवेत, युएई लगायत चार मुलुकका लागि नवनियुक्त राजदूतले गरे सपथ ग्रहण

कुवेत, संयुक्त अरव ईमिरेट्स (युएई), फ्रान्स र स्वीजरल्याण्डका लागि नवनियुक्त राजदूतहरुले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेका छन् । नवनियुक्त राजदूतहरूलाई राष्ट्रपति पौडेलले राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित एक समारोहबिच राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

शपथ ग्रहण गर्नेमा युएईका लागि नियुक्त राजदूत तेजबहादुर क्षेत्री, कुवेतका लागि नियुक्त घनश्याम लम्साल, फ्रान्सका लागि सुधीर भट्टराई, स्वीजरल्याण्डका लागि नियुक्त रामप्रसाद सुवेदी रहेका छन् । सो अवसरमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: