युएई पठाउने भन्दै ठगेको अभियोगमा एकजना पक्राउ

युएईमा रोजगारीमा पठाउने भन्दै ठगेको अभियोगमा प्रहरीले एकजनाले पक्राउ गरेको छ । रौतहटको विश्रामपुरका मोहम्मद शेख इरफान सिद्धिकी काठमाडौंबाट पक्राउ परेका हुन् ।  शेख काठमाडौँको नागार्जुनबाट पक्राउ परेका हुन् ।

शेखले सूर्य बहादुर कार्कीलाई युएईमा रोजगारीका लागि पठाउने भन्दै १ लाख ५० हजार लिएर सम्पर्कविहीन भएको अभियोग रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । युएईको दुबईमा सेक्युरिटी गार्डमा काम लगाइदिने र त्यसबापत ५० हजार तलव हुन्छ भनेर शेखले आश्वासन दिएको पीडितको उजुरी छ । आरोपितलाई कारवाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: