एनआरएनएको मध्यपूर्व संयोजकमा हालसम्म दुईजना चुनावी मैदानमा, एजेण्डा लगभग समान

गैर आवासिय नेपाली संघ (एनआरएनए) को आगामी ११ औ महाधिवेशनमा मध्यपूर्वको नेतृत्वका लागि हालसम्म दुईजना चुनावी मैदानमा उत्रिएका छन् । शुक्रवार मात्रै युएईमा लामो समय देखि बस्दै आएका एनआरएनए, युएईका पूर्वअध्यक्ष रमेश श्रेष्ठले मध्यपूर्व संयोजकको उम्मेदवारी घोषणा गरेका छन् । यस अगाडी नै साउदी अरवमा कार्यरत राजेन्द्र अर्यालले मध्यपूर्व संयोजकको उम्मेदवारी घोषणा गरिसकेका छन् ।

श्रेष्ठले मध्यपुर्वमा रहेका सम्पूर्ण श्रमिकहरुको हकहितलाई मध्यनजर गर्दै श्रमिकसँग एनआरएनए कार्यक्रम तयार पार्ने र सो कार्यक्रमले तत्कालिन र दीर्घकालिन कार्ययोजना बनाई श्रमिकहरुलाई श्रम शोषण, ठगी र मानव तस्करी विरुद्द जनचेतना सहितका कार्यक्रम गर्ने प्रतिवद्धता जनाएका छन् । यसैगरी सम्पूर्ण श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्धताका निमित्त सहजीकरण गर्ने, सामाजिक सुरक्षामा आबद्द हुँदाका फाइदा र सेवा सुविधाका बारेमा अभिमुखीकरण कार्यक्रम गर्ने प्रतिवद्धता पेश गरेका छन् । राहत तथा उद्दारका लागि एकदमै तदारुक हुँदै मध्यपूर्वका सम्पुर्ण राष्ट्रिय समन्वय समितिहरुसँग सहकार्य गरि राहत तथा उद्दार समिति गठन गर्ने साथै विभिन्न कारणले स्वदेश फर्किने श्रमिकहरुलाई पुन: स्थापनाका निमित्त नेपाल सरकार तथा वैदेशिक रोजगार विभागसँग समन्वय गर्ने उनको प्रतिवद्धता छ ।

घरेलु श्रमिकसँगै अन्य विभिन्न श्रमिकका रुपमा आउने श्रमिकहरुका निमित्त नेपालमै सीपमूलक तालिम र सामान्य भाषाका तालिमको ब्यवस्था गर्न अन्तराष्ट्रिय समन्वय समितिसँगको सहकार्यमा नेपाल सरकार र सरोकारवाला निकाय समक्ष राखेर कार्यन्वयनमा ल्याउन पहल गर्ने पनि उनले जनाएका छन् । नेपाली श्रमिकमाथि कार्यक्षेत्रमा हुने विभेद र असमान ज्याला वितरण प्रणाली उपर राज्यको ध्यानाकर्षण गराउने, समान कामको असमान ज्याला दिने व्यवस्थालाई हटाउन सरोकारवालासँग आवश्यक छलफल गर्ने साथै न्युनतम ज्याला तोक्न र कार्यान्वयन गराउन नेपाल सरकार र सरोकारवाला निकायको ध्यानाकर्षण गराउने पनि उनको प्रतिवद्धता पत्रमा उल्लेख छ ।

यसैगरी यस अगाडी नै मध्यपूर्व संयोजकका रुपमा उम्मेदवारी घोषणा गरेका राजेन्द्र अर्यालले भनें राहत तथा उद्धारको काममा सदैव तत्पर रहँदै स्वदेश फर्कने नेपालीलाई पुन:स्थापनाको लागि नेपाल सरकार र सरोकारवाला निकाहरुसँग समन्वय गर्ने प्रतिवद्दता जनाएका छन् । यसैगरी वैदेशिक रोजगार ऐन २०६४ लाई पूर्ण रुपमा कार्यान्वयन गर्न गराउन सरोकारवाला निकायहरुसँग पहल गर्ने, सामाजिक सुरक्षा कोषमा आवद्ध हुनलाई सम्पूर्ण आप्रवासी नेपालीलाई सहजिकरण गर्ने, अन्य सामाजिक संघ, संस्थाहरुसँग सहकार्य गर्ने प्रतिवघता जनाएका छन् ।

यसैगरी अन्तराष्टिय समन्वय परिषद र मध्यपूर्वका एनसीसीहरुसँग सहकार्य गरेर कार्ययोजना बनाई कार्यदिशा तय गर्ने र मध्यपूर्वबाट पर्यटकहरुलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्न पर्यटन प्रवद्र्दनका कार्यक्रमहरुको आयोजना गर्ने प्रतिवद्दता पनि अर्यालले जनाएका छन् ।

एनआरएनएको विश्व सम्मेलन अक्टोवरको दोश्रो साता काठमाडौंमा हुँदैछ । सो सम्मेलनले दुई बर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: