राजदूतहरुसँगको छलफल जारी (तस्वीरहरु)

सरकारले आवश्यक छलफलका लागि बोलाएका केहि मुलुकस्थित नेपाली राजदूतहरुसँग प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्ड सहितको छलफल सुरु भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा सुरु भएको छलफलमा प्रधानमन्त्री प्रचण्ड, उप्रधानमन्त्री पूर्णबहादुर खड्का, श्रम मन्त्री शरतसिंह भण्डारी लगायत सहभागि छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा भइरहेको बैठ्कमा राजदूतहरूले देशगत विवरणसहितको सुझाव दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा प्रधानमन्त्री दाहालले राजदूतहरूको रिपोर्ट सुनाइरहेका छन् । दुई दिनसम्म चल्ने छलफलमा जापान, जर्मनी, अस्ट्रिया, कतार, साउदी अरव, बहराइन, ओमान, मलेसिया लगायतका मुलुकमा कार्यरत राजदूतहरु तथा कार्यवाहक राजदूत र कार्यवाहक महावाणिज्यदूतहरु सहभागि छन् ।

राजदूतहरुले मागपत्र प्रमाणीकरण गर्न देखिएको समस्या, वैदेशिक रोजगारीमा हुने ठगी, कार्यस्थलमा श्रमिकले भोगेका समस्या, मानव तस्करी, कागजातविहीन नेपाली श्रमिकका समस्या, फ्रि भिसा फ्रि टिकटको अवस्था र समस्या, ई–भिसा, सिजनेबल भिसा, नेपाली कूटनीतिक नियोगको प्रभावकारिताको विषयमा आ(आफ्नो धारणा राखेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: