सोमवारको विनिमय दर: कुनको घट्यो कुनको बढ्यो ?

सोमबार कतारी रियालको खरिददर ३६ रुपैंयाँ ४१ पैसा र विक्रि दर ३६ रुपैंयाँ ४८ पैसा छ । युएई दिरहम ३६ रुपैंयाँ ५ पैसा तथा विक्रि दर ३६ रुपैंयाँ २२ पैसा छ । साउदी रियाल ३५ रुपैंयाँ ३० पैसा तथा विक्रि दर ३५ रुपैंयाँ ४६ पैसा छ ।

यसैगरी मलेसियन रिंगिटको खरिद मूल्य २८ रुपैयाँ ३२ पैसा तथा विक्रि दर २८ रुपैयाँ ४४ पैसा छ । कुवेती दिनारको खरिद दर ४२९ रुपैंयाँ १० पैसा तथा विक्रि दर ४३१ रुपैयाँ ४ पैसा छ । बहराइन दिनारको खरिददर ३५१ रुपैयाँ २५ पैसा तथा विक्रि दर ३५२ रुपैयाँ ८४ पैसा छ ।

यसैगरी सोमवार अमेरिकी डलरको भाउ स्थिर रहँदा युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङमा सामान्य गिरावट आएको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिद दर १३२.४२ रुपैयाँ र बिक्री दर १३३.०२ रुपैयाँ कायम भएको छ। आइतबार पनि सोही दर कायम थियो।

युरोको भाउ भने थौरै घटेको छ। आज १ युरोपियन युरोको खरिद दर १४१.७० रुपैयाँ तय हुँदा बिक्री दर १४२.३४ रुपैयाँ रहेको छ। आइतबार १ युरोको खरिद दर १४१.७२ रुपैयाँ तय हुँदा बिक्री दर १४२।३६ रुपैयाँ थियो।

पाउण्ड स्टर्लिङको भाउ पनि घटेको छ। आज १ पाउण्ड स्टर्लिङको खरिद दर १६५.०९ रुपैयाँ र बिक्री दर १६५.८४ रुपैयाँ रहेको छ। आइतबार १ पाउण्ड स्टर्लिङको खरिद दर १६५।२३ रुपैयाँ र बिक्री दर १६५.९८ रुपैयाँ थियो।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: