राजदूतहरुसँग छलफल गर्दै प्रधानमन्त्री

नेपाल सरकारले श्रम सम्वन्धि केहि विषयमा परामर्शका लागि काठमाडौंमा बोलाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डले आज उनीहरुसँग सामुहिक छलफल गर्दैछन् । छलफलमा उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, श्रम मन्त्री शरतसिहं भण्डारी लगायत सहभागि हुनेछन् । श्रम मन्त्रालयका अनुसार आजको छलफलमा श्रम आप्रवासन सम्वन्धि केहि विषयहरुमा उनीहरुको राय लिइनेछ । केहि समययता श्रम मन्त्रालय र परराष्ट्र मन्त्रालयबीच कतिपय विषयमा एकमत छैन । त्यसैले दुई मनत्रीबीच सहजिकरणका लागि प्रधानमन्त्रीले यो बैठक आयोजना गरेका हुन् ।

वैदेशिक श्रम स्वीकृति देखी कार्यस्थलसम्म नेपाली श्रमिकले भोगेका समस्या र त्यसको समाधानको उपाय निकाल्ने र निष्कर्षलाई निर्णयमा बदल्ने काम बैठकले गर्ने मन्त्रालयले जनाएको छ। बैठकमा विभिन्न माध्यम र रूपमा भइरहेको मानव तस्करीलाई कसरी रोक्ने र श्रम गन्तव्यलाई कसरी सुरक्षित बनाउने भन्नेमा छलफल केन्द्रीत हुने जनाइएको छ।

बैठकले सुरक्षित श्रम गन्तव्यको लागि आवस्यक कानुनी र संरचनात्मक सुधारको बाटो पहिल्याउने अपेक्षा गरिएको छ। यसप्रकारको बैठक नेपालमा प्रधानमन्त्रीको पहलमा पहिलो पटक हुदैछ। बैठक सोमवार र मंगलवार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा चल्नेछ।

विशेषगरी युरोपको रोजगारीको विषयमा मागपत्र प्रमाणिकरणलाई परराष्ट्र मन्त्रालयले रोकिदिंदा ४० हजार भन्दा धेरै नेपाली सो रोजगारीबाट वञ्चित भएको, मानव तस्करी मौलाएको लगायतका गुनासो श्रम मन्त्री शरतसिंह भण्डारीको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: