अनौपचारिक र स्वरोजगारलाई सामाजिक सुरक्षामा जोडियो

सरकारले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्न सुरु गरेको छ । बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी सरकारले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्न सुरु गरेको हो ।

कार्यक्रमबीच प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको तर्फबाट अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई सामाजिक सुरक्षा कोषमा समेट्ने अभियान सुरु गरेको औपचारिक घोषणा गरेका छन् । प्रधानमन्त्री दाहालले ल्यापटपको स्विच थिचेर औपचारिक घोषणा गरेका हुन् ।

अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई २०८० वैशाख १ गतेदेखि कोषमा समेट्ने गरी गत मंसिर २५ गते अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालनसम्बन्धी कार्यविधि मन्त्रालयबाट स्वीकृत भएको थियो । वैशाख १ गतेदेखि नै कोषमा समेट्ने भनिए पनि तयारी नपुगेका कारण आज औपचारिक घोषणा गरिएको हो ।

यस चालु आवमा तटबन्धका लागि बजेट निकासा भए काम सुरु गर्ने उनले जनाए । तटबन्ध भएका ठाउँमा जोखिम कम हुँदै गएको स्थानीय बताउँछन् । तटबन्धसँगै अग्ला बाँधले बाढीको जोखिम न्यून हुने गर्छ ।

गुलरिया—५ का किसानकृष्ण थारुले सरकारले समयमै पर्याप्त बजेट निकासा गरी जोखिमयुक्त बस्ती र खेतीयोग्य जमिन बाढी र कटानबाट जोगाउन जरुरी रहेको बताए । बर्सेनि बबईको बाढीले घरलगायत धानबालीमा क्षति पुर्‍याउँदै आएको छ,’ उनले भने, ‘सरकारले राहत दिएर आहत पार्ने काम रोकेर तटबन्ध निर्माण गर्नुपर्‍यो ।’ तटबन्ध निर्माण भएका गाउँबस्ती भने साउन २८ गते आएको बाढीले दुःख दिएन । तटबन्ध नभएका ठाउँमा बाढी पसेकाले धेरै घर डुबानमा परेको स्थानीय उमा शंकर मल्लाहले बताए ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: