जरिवाना तिर्नुपर्ने नेपाली श्रमिकलाई दूतावासले मद्धत गर्ने, निवेदन आव्हान

साउदी अरवस्थित नेपाली दूतावासले जरिवाना फाइन लागेका नेपाली श्रमिकलाई आफ्नो विवरण दूतावासमा बुझाउन सुचना निकालेको छ । दूतावासले रोजगारीका सिलसिलामा साउदी अरवमा रहँदा विभिन्न कारणले कम्पनी वा कफिलले जरिवाना वा फाइन लगाईदिएकाहरुलाई दूतावासको वेभसाइट https://sa.nepalembassy.gov.np/registration-form/ मा गई यथाशिघ्र आफ्नो विवरण अपडेट गर्न भनेको छ ।

दूतावासले निकालेको सुचनामा भनिएको छ, त्यसरी जरिवाना लगाइएका व्यक्तिहरूको विवरण संकलन गरी निजहरूको जरीवाना वा फाइन मिनाहको प्रक्रियालार्इ मूर्त दिर्इ नेपाल फिर्ता पठाउने विषयमा सम्बन्धित निकायहरूमा छलफल गर्ने प्रयोजनको लागि विवरण अति आवश्यक परेकोले हालसम्म विवरण पेश गर्न छुट भएकाहरूले आफ्नो विवरण अविलम्व अपडेट गर्नुहुन सम्बन्धित सबैमा पुन: अनुरोध गरिन्छ ।

थप जानकारी आवश्यक परेमा राजदूतावास रियादको सम्पर्क नम्वर 011-4611108 मा विहान ९:०० बजे देखि वेलुका ५:०० बजेसम्म, 011-2883795 मा दिउसो ३:०० बजे देखि वेलुका ५:०० बजेसम्म र नेपाली महावाणिज्यदूतावास जेद्दाको लागि ०५०००२१४०९ मा नियोग खुल्ला रहेको दिन सम्पर्क गर्न सकिन्छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: