वैदेशिक रोजगारका विषयमा प्रधानमन्त्री प्रचण्डको चासो: मन्त्री र उच्चपदस्थ कर्मचारीहरुसँग मागे सुझाव

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भोग्नु परेका समस्या र ति समस्या समाधानका उपायहरुका बारेमा मन्त्रीहरु तथा सम्वन्धित सरकारी अधिकारीहरुसँग छलफल गरेका छन् । उनले वैदेशिक रोजगारलाई कसरी सुरक्षित र उपलव्धीमूलक बनाउन सकिन्छ भनेर सुझाव समेत मागेका छन् ।

शुक्रवार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको केही मन्त्री र वैदेशिक रोजगारसँग सम्बन्धित सरकारी निकायका अधिकारीहरुसँग संयुक्त छलफल गरेको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ । छलफलमा प्रधानमन्त्रीले वैदेशिक रोजगारका समस्या समाधान गर्ने र त्यसलाई मर्यादित बनाउने विषयमा सुझाव मागेका थिए । छलफलमा सहभागि मन्त्रीहरु तथा सरकारी अधिकारीहरुले आफ्नो तर्फबाट सुझाव अर्को बैठकमा प्रस्तुत गर्ने प्रतिवद्धता जनाएका छन् । प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारका नाममा हुने ठगि नियन्त्रण लगायतका विषयमा सम्वन्धित मन्त्री र सरकारी अधिकारीहरुलाई निर्देशन समेत दिए ।

यसैगरी छलफलमा सम्पूर्ण श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्नेबारे समेत छलफल भएको थियो । बैठकले आगामी साउन ३१ गते एक औपचारिक समारोह आयोजना गर्ने तय गरेको छ ।

सो छलफलमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा. प्रकाशशरण महत, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारी, नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याल, अर्थसचिव, परराष्ट्र सचिव, श्रम सचिव, प्रधानमन्त्री कार्यालयका प्रशासन महाशाखा हेर्ने सचिव लगायत सहभागी थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: