पौरखीद्धारा श्रममन्त्रीको ध्यानाकर्षण: बन्देज हटाउ

पौरखी नेपालले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीलाई एक बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै घरेलु श्रमिकका रुपमा रोजगारीमा जान महिला माथि लगाइंदै आएको बन्देज हटाउन माग गरेको छ । पौरखी नेपालकी अध्यक्ष सत्रकुमारी गुरुङले मन्त्री भण्डारीलाई मन्त्रालयमा ध्यानाकर्षण पत्र हस्तान्तरण गरिन ।

ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री भण्डारीले आफू यस विषयमा अत्यन्त सकारात्मक रहेको र बन्देज समस्या समाधान नभएकोमा स्पष्ट रहेको बताए । उनले यसलाई हटाउन केहि कानुनी अप्ठ्यारो रहेको र त्यसलाई सुलझाउने तर्फ मन्त्रालयले काम गरिरहेको जानकारी दिए । संसदीय समिति गठन भइनसकेका कारण यस विषयमा मन्त्रालयले अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै अव समिति गठनको तयारी भएको हुँदा छिट्टै बन्देज खुल्नेगरी काम गर्न सकिने अपेक्षा प्रकट गरे ।

सो अवसरमा पौरखी नेपालकी रणनीतिक सल्लाहकार मञ्जु गुरुङले बन्देजले निम्त्याएको समस्याका बारेमा जानकारी गराइन् । उनले घरेलु श्रमिकका रुपमा जान चाहनेहरु अहिले पनि अनियमित बाटोबाट जान बाध्य भइरहेको यसले जोखिम बढाएको, सामाजिक सुरक्षा कोषमा संलग्न हुन नपाएको बताइन् । उनले हाल सुरक्षित आवास गृह सञ्चालनमा समस्या परेको भन्दै त्यसमा सहजिकरणका लागि मन्त्रालयको सहयोगको अपेक्षा पनि प्रकट गरिन् ।

पौरखी नेपाल वैदेशिक रोजगारीबाट फर्केका महिलाहरुले सञ्चालन गरेको संस्था हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: