हर्क ओछ्यान परे, सहयोगको अपिल

पथरीशनिश्चरे ८ दोहलुका हर्क बहादुर माझिका दु:ख भनीसाध्य छैन । रोजगारी गरेर परिवार पाल्नु पर्ने बेलामा खुट्टामा आएको समस्याको उपचार गर्न नपाउदा हर्क बहादुरलाई मात्र हैन उनको परिवारमा समेत समस्या थपिएको छ ।

हर्कबहादुर सामान्य अवस्थामा भए अरु कसैको मेलामा भेटिन्थे तर अहिले उनी आफ्नै घरको खाटमा पल्टिरहेका भेटिन्छ्न । तीन महिना अघि खुट्टामा आएको समस्या बिस्तारै बढ्दै गए पछि अहिले उनको खुट्टाको घुँडा देखि नै कुहिएर झरेको छ । उपचार अभावमै मर्ने भएँ, माझिले भने मेरो उपचार भए बाँच्ने थिएँ कि ?

वडा नम्बर ८ का अध्यक्ष नवीनजंग कार्की सहितको टोलीले हालै बिरामी अवस्थामा रहेका माझी सहितको परिवारलाई भेटेर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । वडा अध्यक्ष कार्कीका अनुसार माझीको उपचारका लागि वडाले पहल सुरु गरिसकेको छ । उनलाई क्यान्सरको आशंकामा भरतपुर वा भक्तपुर क्यान्सर अस्पतालमा उपचारका लैजान लागिएको छ ।

माझीका ५ जना छोराछोरी छ्न । अहिले रोजगारीमा जान नसक्दा ती बच्चालाई खुवाउने चामल समेत माझी परिवारसंग छैन । एक बर्ष अगाडीसम्म माझि परिवारका सबै सदस्य भारतमा थिए । हर्क बहादुर र उनकी श्रीमती भारतमै रोजगारी गर्थे । गतसाल नेपाल आएका उनी यहाँ निर्माण मजदुरका रुपमा काम गर्दै आएका थिए ।

माझिले केही महिना अगाडीदेखि खुट्टा झमझमाउने र दुख्न थालेपछि स्थानिय स्वास्थ्य संस्थामा उपचार समेत गराए । तर रोग निको हुनु भन्दा रोग बढ्न थाल्यो । थप उपचार गर्ने रकम अभाव भएपछि घरमै थलिन बाध्य भए ।

वडा अध्यक्ष कार्की सहितको टोलीको उपचार गर्ने र छोराछोरीको अध्ययनका लागि लाग्ने सबै रकम ब्यहोर्ने प्रतिबद्धताले केहि राहत दिएको छ । केही दिनका लागि गुजरा होस भनेर केही बोरा चामल र दालको वस्था गरिदिएको कार्किले जानकारी दिए ।

वडा अध्यक्ष कार्कीले उनको उपचार गर्न आर्थिक सहयोग जुटाउन पहल थाल्ने र उनको उपचार तत्काल सुरु गर्न लागेको जनाएका छ्न । परिवारको मियो कै यो अवस्था भएपछि माझी परिवारमा समस्या छ । यसमा तपाईले पनि होष्टेमा हैसे गर्नुहुन्छ की ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: