मौसमी कामदारका रुपमा कोरिया लगायतका मुलुक जान नपाइने मन्त्रालयको स्पष्टोक्ति, ठगिबाट बच्न आग्रह

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा जान श्रम स्वीकृति नदिइने जनाएको छ । मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै मौसमी कामदारका रुपमा दक्षिण कोरिया पठाइदिने भन्दै प्रकाशित सूचना भ्रामक भएको भन्दै त्यसमा विश्वास नगर्न आग्रह गरेको हो ।

विज्ञप्तीमा भनिएको छ, ‘मौसमी कामदारका रुपमा वैदेशिक रोजगारीमा जान वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति प्रदान गरिएको छैन ।’ मौमसी कामदारको भिषामा दक्षिण कोरिया लगायत अन्य देशमा जान कोही कसैलाई रकम बुझाउने काम नगर्न समेत मन्त्रालयले सूचित गरेको छ ।

मन्त्रालयले व्यक्तिगत वा संस्थागत रुपमा दक्षिण कोरिया लगायतका अन्य मुलुकमा मौषमी कामदारका रुपमा पठाइदिने भन्दै रकम मागेमा त्यसको सूचना दिएर ठगी निरुत्साहित गर्न सहयोग गर्न समेत मन्त्रालयले भनेको छ । त्यसरी कसैले ठगि गर्न खोजेमा वैदेशिक रोजगार विभागको कल सेन्टरको टोल फ्री नम्बर ११४१, नजिकका श्रम तथा रोजगार कार्यालय, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय, स्थानीय तहको रोजगार सेवा केन्द्र, मन्त्रालयको फेसबुक पेज, नि:शुल्क फोन १६६००१५०००५ मा पनि उजुरी गर्न सकिन्छ । यसबाहेक भाइवर नम्बर ९८५१३४७२२२ र ९८०१८०००१३ मा कल वा म्यासेज गरेर पनि उजुरी गर्न सकिने मन्त्रालयले जनाएको छ ।

वैदेशिक रोजगारीमा जान वैदेशिक रोजगार विभागबाट जारी हुने श्रम स्वीकृति मात्र आधिकारिक कागजात हुने भन्दै त्यसबाहेकका कुनै पनि कागजातका आधारमा वैदेशिक रोजगारीमा नजान समेत मन्त्रालयले सूचित गरेको छ ।

यसैगरी गैरकानुनी रुपमा नेपाली नागरिकलाई वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने एजुकेसन कन्सल्टेन्सी र ट्राभल एजेन्सीबाट यस्तो काम भएको पाइए कडा कारवाही हुने समेत मन्त्रालयले जनाएको छ । नेपाल सरकारले खुला गरेका श्रम गन्तव्य गन्तव्य मुलुकमा वैदेशिक रोजगार विभागमा कानुन अनुसार दर्ता भएका इजाजतपत्र वाला संस्थाबाट मात्र वैदेशिक रोजगारीमा जान सक्ने कानुनी प्रावधान रहेको समेत मन्त्रालयले सचेत गराएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: