दक्षिण कोरियाको रोजगारीका सम्वन्धमा भ्रममा नपर्न विभागको अपिल

रोजगारीका लागि दक्षिण कोरिया पठाउने सम्वन्धी भन्दै कतिपय व्यक्तिले सामाजिक सञ्जालमा भ्रामक सुचना प्रशारित गरेको भन्दै वैदेशिक रोजगार विभागले त्यसमा सजग रहन अपिल गरेको छ । इपिएसको लोगो, लेटरप्याड राखेर नक्ककली फेसबुक पेज खोल्ने, भ्रामक कुरा लेखर जथाभावी पोष्ट गर्ने गरिएको भन्दै त्यसमा सजग रहन विभागले अपिल गरेको हो ।

विभागले जारी गरेको सुचनामा भनिएको छ, साउन ८ गते इपिएस कोरिया शाखाको लेटरप्याडमा तत्काल नेपालबाट कुनै पनि कामदार कोरिया नभित्रियाउने सम्वन्धी अत्यन्त जरुरी सुचना भनेर गलत सुचना निकालिएको र त्यस्ता व्यक्तिलाई विद्युतीय कारोवार ऐन अनुािर साइवर अपराधमा हदैसम्मको सजाय हुने गरी प्रहरी मार्फत प्रकृया अगाडी बढाइएको छ । विभागले दक्षिण कोरियाको रोजगारीका सम्वन्धमा एपिएस शाखाको आधिकारिक वेभसाइट www.epsnepal.gov.np तथा एपिएस कोरिया शाखाले राष्ट्रिय स्तरका पत्रिकामा प्रकाशित गरेका सुचना हेर्न आग्रह गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: