केरुङ जाने चालकले प्रवेश पास पाएनन्, पास नदिए काम नगर्ने भनाई

रसुवागढी नाकाहुँदै चीनको केरुङबाट नेपालमा सामान ढुवानी गर्ने ट्रक कन्टेनरका चालक तथा सहचालकहरुलाई चीन प्रवेश अनुमति पत्रको व्यवस्था गर्न माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र नेपाल ट्रक कन्टेनर ढुवानी सेवा लिमिटेडले अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।

लकडाउनका कारण बन्द रहेको रसुवा नाका गत पुसदेखि सुचारु भएपनि चालक तथा सहचालकहरुलाई चीन प्रवेश अनुमति पत्र नदिँदा रसुवागढी नाकाबाट रसुवावासी प्रवेश अनुमति भएका व्यक्तिलाई कन्टेर सुम्पिएर केरुङ पठाउनु पर्दा समस्या उत्पन्न भएको भन्दै मजदुर तथा व्यवसायीहरुले मजदुरहरुलाई प्रवेश अनुमति पत्र उपलब्ध गराउन आग्रह गर्दै ज्ञापन पत्र बुझाएको हो ।

गृह मन्त्रालय अध्यागमन महाशाखाले रसुवागढी नाकाबाट चीन प्रवेश गर्ने अनुमति पत्र सम्बन्धी कार्यविधि २०७६ जारी गर्दै चार प्रकारका प्रवेश अनुमति पत्रको व्यवस्था गरेकाले सोही कार्यविधि अनुरुप मजदुरहरुलाई चीन प्रवेश अनुमति पत्रको व्यवस्था गर्न आग्रह गरेको छ ।

उक्त कार्यविधिमा सवारी चालक प्रवेश अनुमति पत्र, कामदार प्रवेश अनुमति पत्र, व्यवसायी प्रवेश अनुमति पत्र, एकदिने प्रवेश अनुमति पत्रको व्यवस्था गरेको छ । सो अनुरुप चालक, सहचालक तथा व्यवसायीहरुलाई प्रवेश अनुमति पत्र उपलब्ध गराउन आग्रह गरिएको मजदुर व्यवसायीको प्रतिनिधि मण्डलका प्रमुख नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले बताए । राईका अनुसार यसअघि रसुवास्थित अध्यागमन प्रमुख, भन्सार प्रमुख, प्रमुख जिल्ला अधिकारी, गोसाईंकुण्ड गाउँपालिकाका अध्यक्ष रसुवाका सुरक्षा प्रमुखलाई भेटेर ध्यानाकर्षण गराइएको थियो ।

अध्यागमन विभागले रसुवावासीलाई दिइने पास मात्रै उपलब्ध गराइरहेकाले काठमाडौंबाट १५५ किलोमिटर जिर्ण र जोखिमपूर्ण सडक पार गरेर टिमुरे पुगेका कन्टेनरका चालक तथा व्यवसायीहरुले रसुवा जिल्लावासी प्रवेश पत्र भएका चालकलाई महँगो पैसा दिएर केरुङ पठाउनु परेको नेपाल ट्रक कन्टेनर ढुवानी सेवा लिमिटेडका अध्यक्ष अर्जुनबहादुर सापकोटाले बताए । सापकोटाले भने रसुवागढीबाट २४ किलोमिटर दुरीमा रहेको केरुङसम्म जान आउन रसुवावासी प्रवेश पत्रधारीलाई १५ हजार प्रति ट्रिप बुझाउनु पर्ने अवस्था छ यस्तो व्यथिति र सिण्डिकेट अन्त्य गर्दै चालकहरुलाई चीनको केरुङसम्म जाने प्रवेश अनुमति पत्रको व्यवस्था गर्न आग्रह गरेका हौं ।

९६५ ट्रक कन्टेनरका मजदुर तथा व्यवसायीहरु यो समस्याबाट पीडित रहेको र समस्याको समाधान नभए सम्पूर्ण मजदुर व्यवसायीहरु आफ्नो काम रोक्न बाध्य हुनुपर्ने नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अरनिको ट्रक इकाईका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठले बताए । उनले भने, गैर मजदुरलाई लाखौंको ट्रक जिम्मा लगाएर चीन पठाउँदा चीनमै कन्टेनर अलपत्र छोडिदिने, दुर्घटना गराइदिने, सामानहरु हराइदिने तथा अवैध सामानहरु ओसारपसार गर्ने गरेकाले समस्या उत्पन्न भएको छ ।

“चीनको भूभागमा विभिन्न बहानामा त्यहाँ पुग्ने नागरिकमाथि दुव्र्यवहार हुने, प्रशासनिक झमेला सिर्जना गर्ने कार्यहरु बढीरहेकाछन्, यस्ता कार्य सुरक्षाको चासोसंगै देशकै चासो हो त्यस्ता दुखद घटनाहरुको अन्त्यका लागि दुई देशका सिमा सुरक्षा अधिकारीहरु र दुवै देशका उच्च तहबाट छलफल गरी समाधानका लागि अनुरोध गरेका छौं” श्रेष्ठले भने ।

नाकामा देखिएको समस्याहरु श्रमिक तथा व्यवसायीहरुको मात्रै समस्या नभई देशकै समस्या रहेकाले सो समस्या तत्काल समाधान नभए चरणबद्ध सडक आन्दोलनमा उत्रन बाध्य हुने अध्यक्ष श्रेष्ठले बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: