न्यूनतम ज्याला २५ हजार पुर्याउने माग सहित प्रदर्शन

श्रमिकको न्यूनतम पारिश्रमिक कम्तिमा २५ हजार पुर्‍याउने माग सहित नेपाली काँग्रेस निकटको नेपाल ट्रेड युनियन कांग्रेसले प्रदर्शन गरेको छ । हाल कायम रहेको पारिश्रमिकले जीवनयापन गर्न कठिनाई परेको भन्दै सो महासंघले विगत केहि दिनयता पारिश्रमिक वृद्धिका लागि अभियानहरु सञ्चालन गरिरहेको छ । यस अगाडी प्रधानमन्त्रीलाई मोनवाइलमा सन्देश पठाउन आव्हान गरेको ट्रेड युनियन कांग्रेसले आज काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको हो ।

र्याली पश्चात माइतीघरमा भेला भएका श्रमिकले यस बर्षको पारिश्रमिक वृद्धिमा न्यूनतम पारिश्रमिक २५ हजार रुपैयाँ बनाइनुपर्ने माग गरेका थिए । उनीहरुले योगदानमा आधारित सामाजिक सुरक्षा लागू गर्नुपर्ने, श्रम आयोग गठन गर्नुपर्ने, स्थानीय तहमा श्रमिकहरुको पन्जीकरण गर्नुपर्ने र नीति निर्माण तहमा श्रमिकको प्रतिनिधित्वको व्यवस्था गर्नुपर्ने माग सहितका प्लेकार्ड बोकेका थिए ।

ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले आकासिँदो महँगीका कारण श्रमिकलाई बाँच्नै संकट परिरहेको भन्दै न्यूनतम ज्यालाले खान पुग्नुपर्ने आफूहरुको माग रहेको बताए । हाल श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार छ ।

नेपालको श्रम ऐन, २०७४ भएअनुसार हरेक २ वर्षमा सरकार, रोजगारदाता र ट्रेड युनियनबीचको त्रिपक्षीय सहमतिका आधारमा श्रमिकहरुको न्यून्तम ज्याला पुनरावलोकन हुँदै आएको छ । यो बर्ष न्इूनतम ज्लाया पुनरावलोकनको बर्ष हो । यस अगाडी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा भएको छलफलमा नेपाल राष्ट्र बैंकले दुई बर्षको सरदर मूल्यवृद्धि १द्ध दशमलव २ प्रतिशत रहेको तथ्याङ्क पेश गरेको थियो । सोही आधारमा १४ दशमलव २ प्रतिशतको हाराहारीमा तलव वृद्धि हुने अनुमान गरिएको छ । तर यसमा रोजगारदाता तथा ट्रेड यूनियन दुवै पक्षले सार्वजनिक सहमति जनाएका छैनन् । हरेक दुई बर्षमा साउन १ देखि लागु हुने गरी श्रमिकको न्यूनतम ज्याला तोक्नु पर्दछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: