वैदेशिक रोजगार व्यवसायी उत्रिए आन्दोलनमा

अध्यागमन कार्यालयले अनावश्यक दु:ख दिंदै वैदेशिक रोजगारमा जान लागेकाहरुलाई विनाकारण फर्काइएको भन्दै वैदेशिक रोजगार व्यवसायी आन्दोलित भएका छन् । उनीहरुले कालिकास्थानस्थित अध्यागमन विभाग अगाडी आज (आइतवार) विरोध प्रदर्शन गरे ।

वैदेशिक रोजगार ऐन अनुसार नै वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेश जान लागेकाहरुलाई विना कारण नै फर्काइएको संघले जनाएको छ । कानुन अनुसार सम्पूर्ण प्रकृया पुरा गरेर रोजगारीका लागि कुवेत जान लागेका ११९ जनालाई गत बुधवार र विहिवार त्रिभुवन विमानस्थलबाट फर्काइएको थियो । उनीहरुसँग भएको कागजात फरक फरक रहेको तथा शंकास्पद भएको अध्यागनम कार्यालयको तर्क थियो ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले सम्पूर्ण कानुनी प्रकृया पुरा गरी विदेश जान तयार भएर विमानस्थल गएका २ सय भन्दा बढीलाई कुनै कारण विना नै रोकेको भन्दै संघ यसको विरोधमा उत्रिएको बताए । उनले कानुनसम्मत रुपमा श्रमिक पठाउने व्यवसायीलाई यसले अप्ठ्यारोमा पारेको, श्रमिक मर्कामा परेको भन्दै गलत काम गर्ने अध्यागमनले क्षतिपूर्ति तिर्नुपर्ने तर्क गरे । उनले अध्यागमन कार्यालयको रवैया यस्तै रहने हो भनें व्यवसायीले पनि श्रमिक विदेश पठाउन रोक्ने चेतावनी दिए ।

अध्यागमन विभागले गत हप्ता कुवेत जान लागेका एकसय भन्दा बढी श्रमिकलाई फर्काइदिएको थियो । यस अगाडी वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर जोर्डन हिँडेका १५ जना नेपाली महिलालाई पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले गत असार २४ गते फर्काइदिएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: