अनौपचारिक र स्वरोजगारमा रहेकाहरुलाई सामाजिक सुरक्षा शुभारम्भ कार्यक्रम स्थगित

अनौपचारिक र स्वरोजगारमा रहेकाहरुलाई सामाजिक सुरक्षाको शुभारम्भ कार्यक्रम स्थगित भएको छ । आजै प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमका बीच सो कार्यक्रमको प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डले शुभारम्भ गर्ने कार्यक्रम थियो ।

प्रधानमन्त्री दाहालकी पत्नी सीता दाहालको आज (बुधवार) विहान निधन भएपछि कार्यक्रम स्थगित भएको हो । सुरुमा औपचारिक क्षेत्रका श्रमिकलाई सहभागि गराएको कोषले गत चैत्र देखि वैदेशिक रोजगारमा रहेकाहरुले पनि कोषमा योगदान गर्न सक्ने व्यवस्था गरेको छ । दायरा विस्तारको क्रममा नै कोषले अनौपचारिक क्षेत्रका तथा स्वरोजगारमा रहेकाहरुलाई पनि कोषको योगदानकर्ता बनाउने तयारी गरेको हो ।

योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ अनुसार स्थापित सामाजिक सुरक्षा कोषमा हालसम्म १८ हजार रोजगारदाता र ६ लाख ३९ हजार श्रमिक सूचिकृत भइसकेका छन् । कोषमा ३६ अर्व २७ करोड रकम योगदानकर्ताको जम्मा भइसकेको छ । कोषले योगदानकर्ताहरुलाई औषधि उपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा तथा अवकास अन्तर्गत योगदानकर्ताहरुलाई भुक्तानी गर्ने गर्दछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: