यसबर्ष हालसम्ममा सबैभन्दा धेरै श्रमिक विदेश पठाउने मुख्य मेनपावर कम्पनीहरु (सूचीसहित)

चालु आर्थिक बर्ष २०७९/८० को हालसम्म रोजगारीका लागि श्रमिक विदेश पठाउने मेनपावर कम्पनीहरु मध्ये द रिभर ओभरसिज पहिलो रहेको छ । दोश्रोमा इन्टरनेशनल मेनपावर रिक्रुटमेण्ट रहेको छ भनें तेश्रोमा वाइडस्पेश इन्टरनेशनल रहेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार द रिभरले चालु आर्थिक बर्षको हालसम्ममा ५ हजार १२ जना नेपालीलाई रोजगारीका लागि विदेश पठाएको छ । इन्टरनेशनल मेनपावर रिक्रुटमेण्टले ५ हजार २ जना तथा वाइडस्पेशले ३ हजार ९ सय २० जना नेपालीलाई रोजगारीका लागि विदेश पठाएको छ ।

विभागको तथ्याङ्क अनुसार चौथोमा निलकमल ह्युमन रिसोर्सेज (३६४१ जनालाई विदेश पठाएको), र पाँचौमा एक्सेस पार्टनर्स प्राली (३४२८ जनालाई विदेश पठाएको) रहेका छन् । सरकारले वर्षमा कम्तीमा १ सय व्यक्तिलाई रोजगारीमा पठाउन नसक्ने मेनपावर कम्पनीहरुको दर्ता खारेज गर्ने कानुनी व्यवस्था गरेको छ । सो अनुसार नेपालमा दर्ता कायम रहेका ८ सय ५४ वटा मेनपावर कम्पनीहरु मध्ये सबै कम्पनीहरुले सो संख्या पुर्याउन नसक्ने देखिएका कारण त्यस्ता कम्पनीहरुको पनि दर्ता खारेज नगर्न वैदेशिक रोजगार व्यवसायी संघले सरकारसँग माग राख्दै आएको छ ।

सूचि हेर्न यहाँ क्लीक गर्नुहोस

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: