मलेसियाले विदेशी श्रमिकको कोटा नथप्ने

मलेसिया सरकारले थप विदेशी श्रमिक भित्रियाउन रोजगारदातालाई अनुमति नदिने भएको छ । मलेसियाका गृहमन्त्री सैफुद्धिन इस्माइलले १८ लाख विदेशी श्रमिकका लागि यस अगाडी नै अनुमति दिइसकिएको र थप विदेशी श्रमिक भित्रियाउन अनुमति दिने सरकारको कुनै योजना नभएको बताएका छन् ।

स्थानीय सञ्चार माध्यमहरुका अनुसार मलेसियामा रिक्यालिव्रेसन कार्यक्रम अन्तर्गत ६ लाख ८० हजार विदेशी श्रमिक दर्ता भइसकेका छन् । यसैगरी मानव संशाधन मन्त्रालयले ११ लाख ३६ हजार श्रमिकका लागि रोजगारदाताहरुलाई कोटा उपलव्ध गराइसकेको छ । नयाँ ल्याउन खोजिएका श्रमिक र रिक्यालिब्रेसन अन्तर्गत मलेसियामा दर्ता भएका कागजातविहिन श्रमिकको संख्या जोड्दा १८ लाख पुग्ने भएका कारण थप अनुमति नदिइने गृहमन्त्रीले बताएका हुन् ।

मलेसियाको अनलाइन पत्रिका द स्टारका अनुसार गृहमन्त्री इस्मालीले हाल रोकिएको नयाँ विदेशी श्रमिकका लागि अनुमति दिने प्रकृया कायमै रहने जनाएका हुन् । उनले तोकिएको सीमा वरावरको संख्यामा विदेशी श्रमिकका लागि अनुमति पत्र जारी भइसकेको भन्दै हाल थप अनुमति दिन रोकिएको विषय जायज रहेको तर्क गरेका हुन् । उनले निर्माण, कलकारखाना, सेवा तथा कृषि क्षेत्रमा श्रमिकको अभाव भएका कारण विदेशी श्रमिक भर्ना गर्न रोजगारदातालाई यस अगाडी नै अनुमति दिइएको, सोही अनुरुप मागपत्र प्रमाणित गरिएको भन्दै तत्काल थप विदेशी श्रमिक नभित्रियाउने बताएका हुन् ।

मलेसियामा कोभिड १९ का कारण दुई बर्षसम्म विदेशी श्रमिक लिन बन्द गरिएका कारण विभिन्न क्षेत्रमा श्रमिकको चर्को अभाव भएको थियो । तसर्थ मलेसियाले मलेसियामा नै कागजातविहिन भएर काम गरिरहेकाहरुलाई आफ्नो कागजात अद्यावधिक गर्न रिक्यालिब्रेसन कार्यक्रम ल्याएको थियो भनें तोकिएका ५ वटा क्षेत्रमा विदेशी श्रमिक भर्ना गर्न रोजगारदाताहरुलाई अनुमति दिएको थियो । मलेसिया सरकारको सो निर्णय पश्चात झण्डै ४ लाख विदेशी श्रमिक मलेसिया पुगिसकेको मलेसियाको मानव संशाधन मन्त्रालयले जनाएको छ । तर मलेसियामा झै पनि ५ लाख १८ हजार श्रमिकको अभाव रहेको बैंक नेगारा र मलेसियाको आर्थिक मन्त्रालयले जनाएका छन् । सो अभाव अवका केहि महिनामा पूर्ति हुने मन्त्रालयको अपेक्षा छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: