साउदीमा गोली लागेर एक नेपालीको मृत्यु

साउदी अरेबियाको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावासको भवन नजिकै गोली लागेर बुधवार एक नेपालीको मृत्यु भएको छ । उनी सुरक्षा गार्ड भएको साउदी प्रेस एजेन्सीलाई उधृत गर्दै सिएनएनले जनाएको छ । सो घटनामा एकजना बन्दुकधारी पनि मारिएका छन् ।

वाणिज्य दूतावासको निजी सुरक्षा गार्डमा कार्यरत ति नेपाली गोली लागेर घाइते भएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको हो ।
कारमा चढेको सो व्यक्ति जेद्दाको अमेरिकी वाणिज्य दूतावास भवननजिकै रोकिएर हातमा बन्दुक बोकेर कारबाट निस्केको र सुरक्षाकर्मीहरुले रोक्न खोज्दा उसले गोली चलाएको समाचारमा जनाइएको छ । गोली चलाउने सो व्यक्ति जवाफी प्रहारमा मारिएको हो ।
गोली प्रहारबारे अनुसन्धान भइरहेको जनाइएको छ । साउदी प्रहरीको मक्काका प्रवक्ताले दिवंगत नेपालीको परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

यस अगाडी सन् २०१६ मा पनि साउदीको अमेरिकी वाणिज्य दूतावासको कम्पाउण्ड नजिकै भएको विस्फोटमा एक आत्मघाती हमलाकारीको मृत्यु भएको थियो र दुई जना घाइते भएका थिए। सन् २००४ मा पाँच व्यक्तिले अमेरिकी वाणिज्य दूतावासमा बम आक्रमण गरेका थिए । त्यसक्रममा बाहिर चार साउदी सुरक्षाकर्मी र भित्र पाँच स्थानीय कर्मचारीको हत्या भएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: