कतारमा भिसा कारोवारको अभियोगमा ९ जना पक्राउ

कतारको सर्च एण्ड फलोअप डिपार्टमेण्टले भिसा कारोवार गरेको अभियोगमा ९ जनालाई पक्राउ गरेको छ । उनीहरुले भिसा कारोवारका लागि फर्जी कम्पनी खडा गरेको कतारको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।

द पेनन्सुला कतारका अनुसार पक्राउ पर्नेहरुमा अरवी र एसियाली मुलुकहरुका रहेका छन् । उनीहरुले सामाजिक सञ्जाल मार्फत कतारमा रोजगारी उपलव्ध गराउने भन्दै प्रचार प्रसार गरेका थिए । प्रहरीले ति व्यक्तिहरुको कार्यस्थल तथा वासस्थानबाट विभिन्न कागजातका साथै १ लाख ९० हजार रियाल रकम पनि बरामद गरेको छ । यसैगरी क्रेडिट कार्ड, कतारी आइडी, कम्पनीको रेकर्ड पुस्तिका लगायत पनि बरामद गरिएको जनाइएको छ । पक्राउ परेकाहरु माथि अनुसन्धान भइरहेको समाचारमा जनाइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: