नेपाल ट्रेड यूनियन कंग्रेसको अध्यक्षमा कुँवर, महासचिवमा राई

नेपाल ट्रेड यूनियन कंग्रेस (एनटीयूसी) को अध्यक्षमा योगेन्द्र बहादुर कुँवर विजयी भएका छन् । उनले निकटतम प्रतिद्धन्दी महेन्द्र प्रसाद यादवलाई हराउँदै विजयी भए । कुँवरले ४ सय ४१ मत प्राप्त गरे भनें यादवले ३ सय ७६ मत पाए ।

बरिष्ठ उपाध्यक्षमा तेजेन्द्र जंग कार्की ४ सय ६९ मत सहित विजयी भए । खुल्ला उपाध्यक्षमा गणेश बहादुर केसी र ज्योति कोइराला विजयी भए । अन्य उपाध्यक्षहरुमा राधिका कुईकेल खनाल, नेत्र विक्रम थापा, ललित बहादुर श्रेष्ठ र राजेश पालिखे विजयी भए ।

यसैगरी महासचिवमा अजय कुमार राई विजयी भए । राईले ४ सय ६४ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी डीपी अर्यालले ३ सय ३७ मत प्राप्त गरे ।

दुईजना खुल्ला उपमहासचिवमा बलदेव तामाङ र जनार्दन भट्टराई विजयी भए । तामाङले ४ सय ६९ तथा भट्टराईले ४ सय २८ मत प्राप्त गरे । महिला उपमहासचिवमा सुशीला घिमिरे, सेवा क्षेत्रमा राजेश हुमागाई, उत्पादनमा लक्ष्मण प्रसाद कुर्मी अनौपचारिक तथा स्वरोजगारमा रुक्मणी थापा (अर्चना) विजयी भए ।

कोषाध्यक्षमा सञ्जय कुमार दाहाल विजयी भए । सह–कोषाध्यक्षमा रशमाया गुरुङ विजयी भइन् । यो समाचार तयार पार्दासम्म विजय भएकाहरुको औपचारिक घोषणा हुन बाँकी नै छ । विजयी हुनेहरु लगभग सम्पूर्ण यादव समूहबाट चुनाव लडेकाहरु छन् । तर अध्यक्षमा भनें कुँवर विजयी भएका हुन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: