व्यक्तिगत श्रम स्वीकृति लिएर जाने ठगिएपछि दूतावासले गर्यो कडाई

विगत केहि समयदेखि नेपालबाट व्यक्तिगत श्रम स्वीकृति लिएर युएई जाने नेपाली श्रमिक ठगिने क्रम बढेको भन्दै दूतावासले व्यक्तिगत भिसा प्रमाणिकरणमा कडाई गरेको छ । दूतावासले विज्ञप्ती निकाल्दै यसमा कडाई गरिएको जनाएको हो ।

दूतावासका अनुसार व्यक्तिगत श्रम स्वीकृति लिएर जानेहरु विभिन्न कारणले ठगिमा परेको वा करार बमोजिम तलब तथा सेवा सुविधा नपाएको गुनासो बढेको छ । यस्तो गुनासो पछि दूतावासले एकाघरका परिवार सदस्यहरु (स्थानीय निकायबाट भएको नाता प्रमाणितको कागजातलाई कन्सुलर सेवा विभागबाट प्रमाणीकरण भएको आधारमा) तथा पहिले युएई गएर काम गरेका श्रमिकले मात्र व्यक्तिगत श्रम स्वीकृतिका लागि भिसा प्रमाणीकरण गर्ने व्यवस्था गरेको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: