लगातार उच्च दरमा भित्रिंदै रेमिट्यान्स

चालु आर्थिक वर्षको १० महिनामा विदेशबाट नेपालीले पठाउने रकम (रेमिट्यान्स) १० खर्ब ५ अर्ब रुपैयाँ बराबर नेपाल भित्रिएको छ । यो प्रतिमहिना एक खर्व हुन आउँछ । गत आर्थिक बर्षको भन्दा यो १० महिनामा २३ दशमलव४ प्रतिशत बढी हो । गत बर्षको सोही अवधिमा भनें रेमिट्यान्स केवल ०.५ प्रतिशत मात्र बढेको थियो ।

नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको गत साउन देखि बैशाखसम्मको वित्तीय विवरणअनुसार वैशाख महिनामा मात्रै १ खर्ब २ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । यसअघि चैतमा १ खर्ब ९ अर्ब रुपैयाँ बराबर भित्रिएको थियो । अमेरिकी डलरमा रेमिट्यान्सको आप्रवाह गत बर्षभन्दा १३.४ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५१.४ प्रतिशतले बढेको छ । जसले गर्दा रेमिट्यान्स रकम वृद्धिमा उल्लेख्य टेवा पुगेको हो । १० महिनामा संस्थागत तथा व्यक्तिगत गरी ४ लाख २१ हजार २७९ नेपालीले अन्तिम श्रम स्वीकृति (नयाँ) लिएका छन् । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुन: श्रम स्वीकृति लिने नेपालीको संख्या २ लाख ३८ हजार ९७६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १८५.५ प्रतिशतले बढेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: