माल्टा, रोमानिया लगायतका देश पठाउने नाममा ठगेको अभियोगमा कन्सल्टेन्सीमा छापा

वैदेशिक रोजगार विभागले माल्टा, रोमानिया लगायतका मुलुकहरुम कामदार पठाउने भन्दै सामाजिक सञ्जालबाट ठगि गरेको अभियोगमा एक कन्सल्टेन्सीमा छापा मारी कागजातहरु जफत गरेको छ ।

वैदेशिक रोजगार विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीका अनुसार काठमाडौंको कलंकीस्थित युनिम्याक्स एजुकेसन कन्सल्टेन्सीमा छापा मारेर पासपोर्ट, डिमाण्ड लेटर, ल्यापटप, स्क्यानिङ मेसिन लगायतका सामग्री जफत गरेको हो । सो संस्थाले युरोपका मुलुकमा रोजगारीमा पठाउने भन्दै ठूलो रकम असुलेको सुचनाको आधारमा विभागले छापा मारिएको जनाएको छ । सो संस्था उपर अनुसन्धानको काम भइरहेको सुवेदीले जानकारी दिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: