स्वदेश फर्केकाहरुले भने: राज्यले बनाउने नीति र कार्यक्रममा हाम्रो सहभागिता होस्

वैदेशिक रोजगारबाट फर्केकाहरुको सञ्जाल रिटर्नी फेडेरेसन नेपालले वैदेशिक रोजगारबाट फर्केका नेपालीको आर्थिक, सामाजिक तथा राजनीतिक रुपमा पुन:स्थापना तथा समायोजनका लागि सरकारलाई आग्रह गरेको छ । राजधानीमा आयोजना गरेको कार्यक्रममा फेडेरेसनले स्वदेश फर्केकाहरुको पुन:स्थापनाका लागि आवश्यक पर्ने ऐन, कानून, नियम तथा निर्देशिका तत्काल तयार गरी लागू गर्न माग गरेको हो।

फेडेरेसनका अध्यक्ष उत्तम अधिकारीले स्वदेश फर्केकाहरुको नाउँमा सरकारी संयन्त्रबाट वर्षेनी रकम विनियोजन हुने तर सम्बन्धित पक्षसम्म नपुगी कार्यान्वय निकाय तथा विचौलियामार्फत् विभिन्न छलफल, बैठक तथा कार्यशालामा खर्चिने प्रवृतिको अन्त्य हुनु पर्ने बताए । उनले त्यस्तो रकम बीऊपूँजी, पूर्वाधार विकास तथा प्रत्यक्ष उत्पादनका क्षेत्रमा लगानी गर्नुपर्ने बताए।

विदेश जानुपूर्व प्रदान गरिने अभिमुखिकरण तालिममा सम्बन्धित क्षेत्रमा अनुभव प्राप्त व्यक्तिहरुको सहभागिता अनिवार्य गनुपर्नेमा जोड दिँदै फेडेरेसनले स्वदेश फर्केकाहरुलाई लक्षित गरी सरकारी नीति निर्माण तयार गर्दा, गठन तथा परिचालन गरिने योजना र सम्पादन गरिने कार्यक्रमा आफूहरुको सहभागिताको सुनिश्चिता गर्न पनि माग गरेको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: