दक्षिण अफ्रिकामा रोजगारी लगाइदिने नाममा ठगि, सचेत रहन विभागको आग्रह

दक्षिण अफ्रिकामा आकर्षक तलव सुविधा सहितको रोजगारी उपलव्ध गराइदिने नाममा १ सय ५० भन्दा बढी नेपालीबाट लाखौं ठगि भएको जानकारी प्राप्त भएको भन्दै वैदेशिक रोजगार विभागले यसमा सजग रहन आग्रह गरेको छ । विभागले एक विज्ञप्ती निकाल्दै नक्कली वर्क परमिट मार्फत मानव वेचविखन एवं गैरकानुनी आप्रवासनमा संलग्न गिरोह सो कार्यमा संलग्न रहेको जनाएको हो ।

विभागका अनुसार सो गिरोहले १ सय ५० भन्दा बढी नेपालीहरुवाट लाखौं रकम संकलन गरिसकेको, एवं सो सम्बन्धमा सामाजिक सञ्जालहरुमा समेत भ्रमपूर्ण विज्ञापन प्रकाशन गरेको जनाएको छ । विभागले दक्षिण अफ्रिका जान लागेका नेपालीलाई सो मुलुकको सरकारले २ अगष्ट २०२२ मा प्रकाशित गरेको सुचना अनुसार स्वदेशी नागरिकले गर्न नसक्ने दक्ष जनशक्तिले गर्ने १४० प्रकारका काममा मात्र विदेशी लिने निति रहेको सूचित गरेको छ । ति काममा जाने भएमा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर मात्र जानु पर्ने विभागले स्पष्ट पारेको छ ।

यसैगरी भारतमा रहेको दक्षिण अफ्रिकाको उच्चायुक्त र कन्सुलेट जनरलबाट जारी हुने पर्यटक भिसा घुम्नका लागि जाने प्रयोजनको मात्र हुन्छ । त्यस्तो भिसाका आधारमा गएर सो मुलुकमा रोजगारी पाउने ग्यारेण्टी हुन्न । पर्यटकको भिसामा गएर रोजगारी गरेमा दक्षिण अफ्रिकाको कानुनले त्यसलाई गैरकानुनी मान्छ र त्यस्तो काममा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी कानून बमोजिम दण्ड, जरिवाना गराई वा थुनामा राखी देश निकाला गर्ने व्यवस्था छ ।

यसैगरी दक्षिण अफ्रिका हुँदै युरोप र अमेरिका जान सहज हुने भन्दै समेत दलालहरुले ठगि गरेको पाइएको छ । तर यस्तो कुरा भ्रामक रहेको र ठगहरुको भ्रममा नपर्न विभागका सुचना अधिकारी गुरुदत्त सुवेदीले आग्रह गरेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय