श्रम रोजगार पत्रकारिता पुरस्कार, २०७९ बाट ५ जना पत्रकार पुरस्कृत

श्रम रोजगार पत्रकारिता पुरस्कार, २०७९ बाट ५ जना पत्रकारहरु पुरस्कृत भएका छन् । श्रम, रोजगार पत्रकार समूह र प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी) ले संयुक्त रुपमा काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमका बीच पुरस्कार हस्तान्तरण गरियो ।

सो पुरस्कार अन्तर्गत पहिलो पुरस्कार अन्नपूर्ण पोष्टमा प्रकाशित ‘अमेरिकी सपना‚ भ्रमपूर्ण व्यापार’ सम्बन्धी समाचारका लागि भूपराज बस्याल र तारा चापागाईलाई संयुक्त रुपमा प्रदान गरियो । प्रथम पुरस्कारको राशी ४० हजार रुपैयाँ छ ।

यसैगरी दोस्रो पुरस्कार नयाँ पत्रिकामा प्रकाशित ‘भिजिट भिसाको दुरुपयोग’ शीर्षकको समाचारका लागि मुना कुँवरले प्राप्त गरिन् । दोश्रो पुरस्कारको राशी १५ हजार रहेको छ ।

यसैगरी तेश्रो पुरस्कार द काठमाडौं पोष्टका पवन पाण्डे र युएईबाट कार्यरत स्वतन्त्र पत्रकार मेघराज सापकोटालाई संयुक्त रुपमा प्रदान गरिएको थियो । पाण्डेले कतारमा कार्यरत नेपाली कामदारमाथि भएको शोषण र सापकोटाले शून्य लागतको कार्यान्वयनमा देखिएको जटिलतासम्बन्धी रिपोर्ट लेखेका थिए । तेस्रो पुरस्कारको राशी जनही १० हजार रहेको थियो ।

पुरस्कृत पत्रकारहरुलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले पुरस्कार हस्तान्तरण गरेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय