क्यूपेक नेपालले मनायो २७ औं स्थापना दिवस

निर्माण क्षेत्रको महत्वपूर्ण यूनियन क्यूपेक नेपालले रक्तदान तथा नि:शुल्क आँखा शिविर आयोजना गरी २७ औ स्थापना दिवस मनाएको छ । नेपाल विजुली, पेन्टर, प्लम्वर तथा निर्माण मजदूर यूनियन (क्यूपेक नेपाल) को स्थापना २०५४ साल जेठ १७ गते भएको हो ।

स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै जिफन्टका उपाध्यक्ष जितेन्द्र श्रेष्ठले विगतको कामको मूल्याङ्कन गर्दै राम्रा कामलाई निरन्तरता दिंदै र कमिकमजोरीलाई सुधार गर्दै अगाडी बढ्न सुझाव दिए । उनले विगतमा अप्ठ्यारो अवस्थामा प्रतिवद्ध सदस्यहरुका कारण नै यूनियन आन्दोलन अगाडी बढ्न सकेको भन्दै अहिले फेरिएको परिस्थितिमा पनि सोही अनुरुप यूनियनले योजना बनाएर काम गर्नुपर्ने धारणा राखे ।

कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले क्यूपेक नेपालले नै सबैभन्दा पहिले श्रमिकको सामाजिक सुरक्षाको मुद्धा उठाएको स्मरण गर्दैm जिफन्टले आगामी चार बर्षभित्र २० लाख श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सहभागि गराउने लक्ष्य लिएको हुनाले सोही अनुरुप सकृय भएर श्रमिकलाई सामाजिक सुरक्षा कार्यक्रममा सहभागि गराउन लाग्न आग्रह गरे ।

कार्यक्रममा बोल्दै क्यूपेक नेपालकी अध्यक्ष शान्ता बस्नेतले स्थानीय तहमा श्रमिक पञ्जिकरण महत्वपूर्ण विषय रहेको भन्दै त्यसका लागि आआफ्नो पालिकामा केन्द्रीत भएर काम गर्न क्यूपेक नेपालका अगुवा नेताहरुलाई आग्रह गरिन् । उनले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा सहभागिता उत्तिकै महत्वपूर्ण विषय रहेको र त्यसका लागि आफ्नो यूनियनले वर्षौदेखि माग उठाउँदै आएको हुँदा बढी भन्दा बढी श्रमिकलाई सामाजिक सुरक्षा कार्यक्रममा समेट्ने गरी प्रचारप्रसार गर्न जरुरी रहेको उनको भनाई थियो ।

२०५४ साल अगाडी नै स्थापना भएका विजुली, पेन्टर, प्लम्वर र निर्माण गरी चारवटा यूनियनहरुलाई एकिकृत गरि नेपाल विजुली, पेन्टर, प्लम्वर तथा निर्माण मजदूर यूनियन गठन गरिएको हो । जिफन्टका २१ वटा घटक यूनियनहरु मध्ये क्यूपेक नेपाल सदस्य संख्याका हिसावले महत्वपूर्ण घटक यूनियन हो । देशका अधिकाँश जिल्लामा शाखाहरु रहेको यस यूनियनलाई देशको शसक्त यूनियनका रुपमा हेरिन्छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय