युरोपमा रोजगारीमा लगाइदिने नाममा ठग्न विदेशी पनि नेपालमा, दुईजना पक्राउ

युरोपेली मुलुक पोल्याण्ड र अन्य मुलुकहरुमा रोजगारीमा लगाइदिने भन्दै ठगि गर्न विदेशीहरु नेपाल नै आइपुग्न थालेका छन् । रीता नाम गरेकी एक युवतीले आफू पोल्याण्ड रिक्रुटमेण्ट कम्पनीको प्रतिनिधि भएको र वेयरहाउस तथा कलकारखानामा एक हजार नेपालीको माग भएको भन्दै भिडियो बनाई टिकटकमा पोष्ट गरेकी थिईन् । सोही भिडियोका आधारमा २०८० जेठ ५ गते होटल मेरियटमा सयौं युवा जम्मा भएका थिए । तर ति व्यक्तिले वैदेशिक रोजगारमा नेपाली लैजान कुनै निकायबाट पनि अनुमति नलिइ सो काम गरेको भन्दै वैदेशिक रोजगार विभागले बअहोटल मेरियटबाट पोल्याण्डका नागरिक एलेग फेडोसिक र युएईकी रीता फियागोसिकलाई नियन्त्रणमा लिएको छ ।

विभागले पछिल्लो समयमा टिकटक, फेसबुक तथा भाइवर मार्फत नेपालीहरुलाई विदेशका विभिन्न कम्पनीहरुमा आकर्षक तलव, सुविधामा पठाउने भन्दै पैसा उठाएर अलपत्र पार्ने क्रम बढेको भन्दै यसमा सचेत रहन आग्रह गरेको छ । यसैगरी वैदेशिक रोजगार विभागका अनुमति नलिइ होटलहरु तथा पार्टी प्यालेसहरुमा श्रमिक छनौट लगायतका काम नगर्न पनि विभागले सचेत गराएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय