रोजगारी वृद्धि सरकारको प्राथमिकतामा: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले रोजगारी वृद्धिलाई प्राथमिकतामा राखेको बताएका छन् । उनले आगामी वर्षको नीति तथा कार्यक्रममा त्यसलाई प्राथमिकतामा राखिने पनि बताए ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा भएको प्रश्नोत्तरका क्रममा एमाले सांसद पदम गिरीले राखेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले विदेशी लगानीलाई प्राथमिकता दिँदै सरकार र निजी क्षेत्रको साझेदारीमा उत्पादन र उत्पादकत्व अभिवृद्धि गरी रोजगारी सिर्जना गर्ने कार्यक्रमहरूलाई सरकारले प्राथमिकतामा राखेको बताएका हुन् ।

२०७२ को भूकम्प, कोभिड–१९ को प्रभाव, अन्तर्राष्ट्रिय आर्थिक मन्दीलगायतका कारणले देशको अर्थतन्त्र कमजोर बनेको उनले बताए । सरकारले विदेशी लगानीलाई प्राथमिकता दिँदै सरकार र निजी क्षेत्रको साझेदारीमा उत्पादन र उत्पादकत्व अभिवृद्धि गरी रोजगारी सिर्जना गर्ने कार्यक्रमहरूलाई प्राथमिकतामा राखेको उनको भनाई थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय