रेमिट्यान्सले दिएको भर

विदेशबाट नेपाल भित्रिने रकम लगातार बढेको छ । पछिल्लो ९ महिनामा विदेशबाट ९ खर्व ३ अर्व ९ करोड विप्रेषण (रेमिट्यान्स) नेपाल भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो ९ महिनामा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २४ दशमलव २ प्रतिशतले र अमेरिकी डलरमा १३ दशमलव ९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको पहिलो ९ महिनामा विप्रेषण आप्रवाह शुन्य दशमलव २ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३ दशमलव ९ प्रतिशतले वृद्धि भई ६ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १ दशमलव ८ प्रतिशतले घटेको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार चैतमा पछिल्ला नौ महिनायताकै सबैभन्दा बढी रेमिट्यान्स भित्रिएको छ । चैतसम्मको तथ्यांकलाई हेर्दा मासिक औसत एक खर्ब तीन अर्ब रुपैयाँबराबर रेमिट्यान्स भित्रिरहेको देखिन्छ । चैतमा चालू आर्थिक वर्षकै सर्वाधिक एक खर्ब नौ अर्बको रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

यसैबीच समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५१ द्यशमलव ५ प्रतिशतले वृद्धि भई ३ लाख ८७ हजार ८ सय ३९ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुन: श्रम स्वीकृति लिने नेपालीको संख्या पछिल्लो ९ महिनामा ५ दहमलव ५ प्रतिशतले वृद्धि भई २ लाख १७ हजार ९ सय ५९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १ सय ९९ प्रतिशतले बढेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: