साउदीमा पनि सुरु भयो दूतावासबाट नै पुन: श्रम स्वीकृति

साउदी अरेवियास्थित नेपाली दूतावासले पनि पुन: श्रम स्वीकृति प्रदान गर्न सुरु गरेको छ । दूतावासले एक विज्ञप्ती निकाल्दै श्रम स्वीकृतिको अवधि सकिएका र पुन: श्रम स्वीकृति लिनु पर्ने व्यक्तिहरुलाई अनलाइन मार्फत आवेदन दिन सूचित गरेको छ ।

दूतावासका अनुसार फेमिस अनलाइन प्रणालीमा आवश्यक कागजात सहित आवेदन दिनु पर्नेछ । यसका लागि राहदानीको फोटो, इकामाको फोटो, छुट्टीको कागज (रि इन्ट्री भिसा) भएकाले सो भिसाको प्रतिलिपि, विदा समाप्त हुने अवधि खुलेको कागजात, रि इन्ट्री भिसा नभएकाले इकामाको म्याद खुलेको निस्सा वा एव्सोरबाट ईकामाको म्याद देखिने गरी स्कृनसट गरिएको फोटो अपलोड गर्न आग्रह गरेको छ । यसैगरी यस अगाडी श्रम स्वीकृति लिंदाको र हाल कार्यरत रहेको कम्पनी फरक भएमा हाल कार्यरत कम्पनीसँग गरिएको करार सम्झौतापत्र र सवारी चालकहरुको हकमा साउदी अरवबाट जारी भएको सवारी चालक अनुमति पत्रको निस्सा अपलोड गर्नुपर्नेछ ।

घरेलु कामदारको रुपमा कार्यरत व्यक्तिले माथि भनिएका कागजातका अलावा कफिलको परिचयपत्र अर्थात कफिलको आइडी, तलव, भत्ता लगायतका अन्य सेवासुविधा खुलेको करार सम्झौता तथा स्वघोषणा फारम भरेर बुझाउनु पर्दछ । स्वघोषणा पत्र तलको नमुना अनुसार रहेको छ ।

Self decleration.jpg
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: