हाम्रो पार्टी सर्वहाराको पक्षमा छः नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सर्वहाराको पक्षमा रहेको बताएका छन् । उनले नेपालको राजनीति भ्रष्टाचारमा चुर्लुम्म डुवेको भन्दै त्यसले विकृत बनाएको बताए ।

सोमबार काठमाडौँमा सुरु भएको एकीकृत ट्रेड युनियन महासंघ (आईसीटीयू) को महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राजनीतिमा अनेकौँ फोहोर जम्दा विकृत बनेको बताए । उनले भने, राजनीतिमा धेरै फोहोरमैला जमेका छन्, त्यसलाई हामी सफा गर्न चाहन्छौ । राजनीति कताकता मानिसहरूका निम्ति अत्यन्तै घृणाको विषय बनेको भन्दै उनले त्यसो हुनुको कारण भ्रष्टाचार नै भएको बताए ।
तीन दिनसम्म चल्ने आइसीटीयूको पहिलो महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: