खुल्यो वैदेशिक रोजगार बचतपत्र

वैदेशिक रोजगारमा रहेकाहरु वा विदेशमा रोजगारी गरेर फर्केको ६ महिना नपुगेकाहरु वा गैर आवासिय नेपालीले खरिद गर्न पाउने वैदेशिक रोजगार बचतपत्र, २०८५ खुल्ला भएको छ । नेपाल राष्ट्र बैंकले वार्षिक ११ प्रतिशत व्याज सहितको ९७ करोड ७५ लाख सत्तरी हजार बरावरको बचतपत्रको विक्रि खुल्ला गरेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार सो बचतपत्र आज आइतवार (बैशाख १७) देखि खुल्ला हुनेछ र जेठ १७ गतेसम्म खरिद गर्न सकिन्छ । यसरी खरिद गरिएको रकमको साँवा २०८५ जेठ २४ गते राष्ट बैंकले भुक्तानी दिनेछ । तर व्याज वापतको रकम भने हरेक ६ महिनामा भुक्तानी हुने जनाइएको छ ।

बचतपत्र खरिद गर्न चाहनेहरुले घटीमा १० हजार र बढीमा १० हजारले भाग गर्दा निःशेष जाने गरी आवेदन दिनु पर्नेछ । बचतपत्र खरिद गर्न चाहनेहरुले नेपाल राष्ट्र बैंकको वेभसाइटबाट थप जानकारी लिन सक्नेछन् । आवेदन दिन चाहनेहरुले अनलाइन मार्फत आवेदन दिन सक्नेछन् । यसैगरी बैंकको वेभसाइटबाट फारम डाउनलोड गरी भरेर आफूलाई पायक पर्ने बिक्री एजेण्टको इजाजत लिएका बैंक तथा वित्तिय संस्थाहरुको सहयोग लिइ अनलाइन आवेदन दिन सकिने जनाइएको छ ।

वैदेशिक रोजगारमा रहेकाहरुलाई लक्षित गर्दै हरेक बर्ष ठूलो परिमाणमा बचत पत्र खुल्ला गरिएपनि यसमा त्यति धेरै आकर्षण भनें देखिने गरेको छैन ।

NRB-notice
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: