पोर्चुगल पठाउने नाममा १३ लाख बढी ठगेर अजरवैजान पुर्याई अलपत्र

पोर्चुगल पठाइदिने बहानामा एक नेपालीलाई अजरबैजान पुर्याएर अलपत्र पारेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । ति व्यक्तिले १३ लाख ९२ हजार रुपैयाँ ठगेको र विदेश पुर्याएर अलपत्र पारेको प्रहरीको अभियोग छ । रोजगारीका लागि पोर्चुगलमा मासिक २ लाख तलव हुने काममा लैजाने भनेर १३ लाख बढी रकम लिएको प्रहरीको भनाई छ ।

पक्राउ पर्नेमा कैलालीको टिकापुर नगरपालिका घर भई ललितपुरको टीकाथली बस्ने कृतकबहादुर साउद हुन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।

साउदले पोर्चुगल पठाइदिन्छु भनी अजरबैजानसम्म पुर्‍याएर अलपत्र पारी फरार भएको र खोजी गर्दा बुधबार काठमाडौंको सिनामंगलबाट उनलाई पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी सोमेन्द्रसिंह राठौरले जानकारी दिएका छन् । उनलाई अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग वुद्धनगरमा पठाएको प्रहरीले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: