विदेशका जेलमा रहेका नेपालीको रिहाईका लागि पहल गर्न साँसदको माग

सांसद ज्ञानेन्द्रबहादुर कार्कीले वैदेशिक रोजगारीको क्रममा विदेश गएका र विभिन्न कसुरमा जेल परेका नेपालीको रिहाइको पहल थाल्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको मंगलवारको बैठकमा बोल्दै सांसद कार्कीले हाल विदेशका विभिन्न जेलमा एक हजारभन्दा धेरै नेपालीहरू रहेको बताए । उनले तिनिहरुको रिहाइ, उद्धार र स्वदेश फिर्ताका लागि पहल गर्न पनि उनले माग गरे ।

उनले अहिले पनि विभिन्न बहानामा विदेशका जेलमा एक हजारभन्दा धेरै नेपालीहरू रहेको र उनीहरूको उद्धार र रिहाइका लागि सरकारको ध्यानाकर्षण गराउन चाहेको बताए । उनले वैदेशिक रोजगारीका लागि विदेशमा पुगेकाहरूलाई सुरक्षित बातावरणमा काम गर्ने वातावरण बनाउनका लागि पहल गर्नसमेत माग गरे ।

‘हाम्रो मुलुकको अर्थतन्त्रमा वैदेशिक रोजगारीमा गएका नेपालीहरूको महत्त्वपूर्ण योगदान छ । गतवर्षको रेमिट्यान्सलाई हेर्ने हो भने पनि १० खर्ब भन्दा धेरै रकम भित्रिएको छ,’ सांसद कार्कीले भने, ‘तर वैदेशिक रोजगारीमा पुगेका नेपालीहरूले सहज रुपमा काम गर्ने वातावरण सुनिश्चित छैन ।’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: