मन्त्री नियुक्त भएकै दिन बधाई दिन गएका एनआरएन माग बुझाएर फर्किए

नवनियुक्त पराष्ट्रमन्त्री एनपी साउदलाई बधाई दिन गएका एनआरएनएका पदाधिकारीहरु उनलाई ८ बुँदे माग बुझाएर फर्किएका छन् । गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा. बद्री केसी र अध्यक्ष कुल आचार्यको नेतृत्वमा आइतवार पराष्ट्र मन्त्रालय पुगेका एनआरएनहरुले नागरिकता, एनआरएन नियमावलीको परिमार्जन लगायतका माग राखेका थिए ।
भेटमा अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपाली नागरिकता तथा लगानीका कानुनी प्रक्रिया लगायतका विषयमा सम्बोधन गरिदिन आग्रह गरेका थिए ।
यी हुन् एनआरएनएका मागहरु:
गैरआवासीय नेपाली सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा संघले नेपाल कानून आयोगसँग विभिन्न चरणमा छलफल गरी दिएका सुझावहरुलाई संम्बोधन गरी कानून ल्याउनको लागि पहल गर्ने ।

गैरआवासीय नेपाली नागरिकता विधेयकलाई मूर्तरुप दिनुका साथै गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न कठिनाई हुने थाईल्याण्ड, म्यानमार, मलेसिया, फिजी लगायतका देशहरुमा पुस्तौंदेखि बसोबास गरी आएका नेपाली मूलका सबैलाई सहज रुपमा नेपालसँग जोड्न तथा सामाजिक, साँस्कृतिक र आर्थिक अधिकार सहितको गैरआवासीय नेपाली परिचयपत्र प्रदान गर्ने सम्बन्धी व्यवस्था ऐनमा संशोधन गर्न ।

गैरआवासीय नेपाली ऐनमा १८३ दिन भन्दा बढी सार्क मुलुक बाहेक अन्य देशमा बसोबास गरी आएका नेपालीलाई गैरआवासीय नेपालीको परिचय दिलाउन तथा विदेशमा अध्ययनरत विद्यार्थीहरुलाई पनि सोही परिभाषाभित्र समेट्न ।

संविधानको धारा २९१ ले नेपाली नागरिकता नै कायम राखी लामो समय विदेशमा बस्ने अनुमति प्राप्त नेपाली नागरिकको मौलिक अधिकार हनन गरेको हुँदा यथाशिघ्र उक्त धारा परिवर्तनका लागि आवश्यक पहल गरिदिन ।

गैरआवासीय नेपाली परिचपत्र लिएका नेपालीहरुलाई पनि गैरआवासीय नेपाली नागरिक सरह पाउने अधिकारको व्यवस्थाको लागि पहल गरिदिन ।

विदेशमा नेपालीहरुको उपस्थिति रहेका मुलुकमा नेपाली दूतावास तथा नियोग स्थापनाका लागि पहल गरिदिन ।

नेपाली मूलका विदेशी नागरिक (पीएनओ) र गैरआवासीय नेपाली नागरिक (एनआरएन) कार्डको शुल्क अत्यन्तै महँगो भएकोले अति न्युन संख्याले मात्र उक्त कार्ड लिएका छन् । तसर्थ पीएनओ र एनआरएन कार्डको शुल्क न्युनत्तम गराउन लागि पहल गरिदिन ।

गैरआवासीय नेपालीहरुको मागहरुको सम्बोधनका लागि अन्तर मन्त्रालयस्तरको कार्यशाला तर्जुमा गरी तत्काल समाधान गर्न ।
सो अवसरमा आगामी मे ५ देखि ७ सम्म चेक रिपब्लिकमा आयोजना हुने युरोप क्षेत्रको क्षेत्रीय बैठकमा प्रमुख आतिथिका रुपमा सहभागि भइदिन एनआरएनहरुले आग्रह गरेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: