लगातार बढ्यो रेमिट्यान्स

नेपालीले विदेशबाट पठाउने रकम विप्रेषण (रेमिट्यान्स) मा लगातार वृद्धि भएको छ । चालु आर्थिक वर्षको आठ महिनामा नेपाल भित्रिने रकम नेपाली रुपैंयाँमा २५ दशमलव ३ प्रतिशतले बृद्धि भएको हो । यसैगरी अमेरिकी डलरमा यस्तो रकम १४ दशमलव ८ प्रतिशतले बढेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको आठ महिनाको वित्तिय अवस्थाले रेमिट्यान्स वृद्धि भएको देखाएको हो । यस अगाडी ६ महिनाको तथ्याङ्कमा पनि रेमिट्यान्स गत वर्षको सोही अवधिको तुलनामा बढेको देखिएको थियो ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको आठ महिनामा ७ खर्व ९४ अर्ब ३२ करोड रुपैयाँ नेपाल भित्रिएको छ । अघिल्लो वर्षको पहिलो आठ महिनामा विप्रेषण आप्रवाह १ दशमलव ३ प्रतिशतले कमि आएको थियो ।

पछिल्लो आठ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५४ दशमलव ३ प्रतिशतले वृद्धि भई ३ लाख ५१ हजार ७ सय ६१ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुन: श्रम स्वीकृति लिने नेपालीको संख्या ८ प्रतिशतले वृद्धि भई १ लाख ९२ हजार ५ सय ५९ पुगेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: