विदेशमा मृत्यु भएकाहरुको विमा रकम दिलाइदिने नाममा ठगि गरेको अभियोगमा पक्राउ

रोजगारीका क्रममा विदेशमा वा विदामा आएको समयमा नेपालमा मृत्यु भएका व्यक्तिलाई विमा वापतको रकम दिलाइदिने नाममा ठगि गरेको अभियोगमा ७ जना पक्राउ परेका छन् । मृत्यु भएका व्यक्तिको शव नेपाल आइपुगेपछि मृतकका परिवारसँग नजिक भई विमा रकम मिलाईदिने भन्दै ठूलो रकम हात पार्ने व्यक्तिहरुलाई पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

ठगीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कार्यालयका सूचना अधिकारी एसपी रविन्द्र रेग्मीले कागजपत्र मिलाइदिने नाममा लाखौं रकम ति व्यक्तिले ठग्ने गरेको पाइएको जानकारी दिए । प्रहरीको अनुसन्धानमा बिमावापत पीडित परिवारले पाउनु पर्ने रकममध्ये ५ लाख दिएर बाँकी आफूले लिने गरेको देखिएको छ ।

पक्राउ पर्नेहरुमा काभ्रेका रामबहादुर तामाङ, सर्लाहीका विनोदकुमार लामा, डिकबहादुर मल्ल, रविन्द्र मोक्तान, प्रकाशबहादुर गोले, रुद्रमान गोले छन् । उनीहरुको साथबाट विदेशमा ज्यान गुमाएका व्यक्तिहरुको नागरिकता, राहदानी, जन्म, विवाह र मृत्यु दर्ता, वडा कार्यालयको सिफारिस लगायतका कागजात बरामद भएको प्रहरीले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: