मलेसियाको दावी: ८४ प्रतिशत भन्दा बढी श्रमिकको लेवी रोजगारदाताले तिरे

मलेसियाले आफ्नो मुलुकमा कार्यरत विदेशी श्रमिकहरु मध्ये ८४ दशमलव ७ प्रतिशतको लेवी रोजगारदाताले भुक्तानी गरेको बताएको छ । मलेसियाको सरकारी सञ्चार माध्यम बेर्नामाका अनुसार मलेसियाका मानव संशाधन उपमन्त्री मुस्तफा सकमुदले यो जानकारी दिएका हुन् ।

मलेसियाले ९ लाख ९५ हजार ३ सय ९६ विदेशी श्रमिक भित्रियाउन रोजगारदाताहरुलाई अनुमति दिएको भन्दै उनीहरुको लेवी वापतको रकम रोजगारदाताले नै भुक्तानी गरेको ति मन्त्रीको दावी छ । उनका अनुसार अनुमति लिएका रोजगारदाताहरुले १८ महिनाभित्रमा ति श्रमिक मलेसिया भित्रियाउन पाउने छन् ।

विदेशी श्रमिक भित्रियाउन अनुमति दिइएको क्षेत्रहरु मध्ये धेरैजसो उत्पादन, निर्माण, कृषि लगायत रहेको उपमन्त्री मुस्तफाले बताएका छन् । उनले नेपाल लगायतका मुलुकहरुसँगको श्रम समझदारी कार्यान्वयनमा रहेको र भारतसँग छिट्टै श्रम समझदारी नविकरण हुने बताएका थिए ।
मलेसिया पछिल्लो समयमा नेपाली श्रमिकका लागि मुख्य गन्तव्य मुलुक भएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: