श्रम मन्त्री भण्डारी: पञ्चायतदेखि पुष्पकमलका सारथीसम्म

श्रम मन्त्रीमा शरतसिंह भण्डारी नियुक्त भएका छन् । उनी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को सिफारिसमा मन्त्री भएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरुलाई शितल निवासमा सपथ गराए ।

२०३८ सालको पञ्चायती निर्वाचनमा विजयी भएका भण्डारी दल वदल्न माहिर नेताका रुपमा चिनिन्छन् । पञ्चायत कालका अन्तिम प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको मन्त्रिमण्डलमा २०४४ सालमा पहिलो पटक पञ्चायत तथा स्थानीय विकास सहायक मन्त्री भएका भण्डारी २०७९ सालमा पुष्पकमल दाहालको मन्त्रिमण्डलमा श्रम मन्त्रालयको वागडोर सम्हाल्न आइपुगेका छन् ।

पञ्चायती कालको उत्तरार्धमा मन्त्री हुन पुगेका भण्डारी प्रजातन्त्र पुनस्र्थापित भएपछि पनि सत्ताबाट धेरै टाढा रहेनन् । उनी २०५२ साल पश्चात पुन: विभिन्न समयमा सत्तामा रहे । दल बदल्दै निर्वाचन जित्ने र मन्त्री हुने गरेका भण्डारीको यो १२ औं मन्त्री पद हो । उनी गत निर्वाचनमा महोत्तरीबाट विजयी भएका थिए ।

राजनितिको सुरुमा नेपाली काँग्रेस, त्यसपछि पञ्च, मधेसवादी, पुन: काँग्रेस हुँदै अहिले उनी मधेशवादी दलमा नै छन् । उनी लोसपाका बरिष्ठ नेता हुन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय