वैदेशिक रोजगारीमा रहेकाहरुलाई आजदेखि टेलिमेडिसिन सेवा

सरकारले वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकहरुलाई लक्षित गर्दै आजदेखि टेलिमेडिसिन सेवा सुरु गर्दैछ । विदेशमा रहँदा कुनै स्वास्थ्य समस्या आइपरेमा चिकित्सकसँग सल्लाह, सुझाव र परामर्श सेवा लिन सकिने गरी यस्तो सेवा सुरु हुन लागेको हो । वैदेशिक रोजगार बोर्डले सुरु गरेको यो सेवा सार्वजनिक विदाका दिन वाहेक नेपाली कार्यालय समय अनुसार उपलव्ध हुनेछ ।

वैदेशिक रोजगार बोर्डका प्रवक्ता राजन पौडेलका अनुसार स्वास्थ्य समस्या परेका श्रमिकले ९८५१३४५७०१ र ९८५१३४५७०२ मा भाइवर, ह्वाट्स एप वा इमो मार्फत सम्पर्क गरी सेवा लिन सक्नेछन् । विरामी व्यक्तिलाई विशेषज्ञ सेवा आवश्यक परेमा मेडिकल अधिकृतको सिफारिसमा हरेक आइतवार र शुक्रवार विशेषज्ञ सेवा उपलव्ध गराइने जनाइएको छ । गन्तव्य मुलुकमा आइतवार र शुक्रवार सार्वजनिक विदा हुने भएकाले सो दिनमा विशेषज्ञ सेवा उपलव्ध गराउन खोजिएको बोर्डले जनाएको छ ।

सेवा लिने श्रमिकको प्रेस्कृप्सन अनलाइन मार्फत उपलव्ध गराइने छ । वैदेशिक रोजगार बोर्डले नै सम्पूर्ण खर्च व्यहोर्ने भएका कारण यो सेवा श्रमिकले निस्शुल्क प्राप्त गर्नेछन् । यस अगाडी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत फागुन २ गते टेलिमेडिसिन सेवा सञ्चालन कार्यविधि स्वीकृति गरेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय