सुरु भयो विदेशमा कार्यरत श्रमिक र स्वरोजगारहरुलाई सामाजिक सुरक्षा कार्यक्रम

वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिकहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागि गराउने कार्यक्रम सुरु भएको छ । काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री पुष्पकमल दाहालले यसको सुरुवात गरे ।

इजरायलमा रोजगारीमा रहेकी मञ्जु थपलियाको कार्ड उनका पति गोपाल संग्रौलालाई प्रधानमन्त्री दाहालले हस्तान्तरण गरी कार्यक्रमको सुरुवात गरेका थिए । संग्रौला पत्रकार हुन् । योसँगै अव वैदेशिक रोजगारमा रहेकाहरुले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सहभागि हुन पाएका छन् । यसले सामाजिक सुरक्षा कोषको दायरा विस्तार हुने अपेक्षा सरकारले राखेको छ । विदेशमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका व्यक्तिहरुका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन सम्वन्धि कार्यविधि सरकारले यस अगाडी नै पारीत गरिसकेको थियो । सोही कार्यविधि अनुरुप अहिले कार्यक्रम लागु भएको हो ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले रोजगारीका लागि विदेशमा जाने युवाहरुलाई ठग्ने काम सरकारलाई सह्य नभएको बताए । सरकारले विदेश जानेहरुलाई तालिम दिएर दक्ष बनाएर मात्रै पठाउने तयारी गरिरहेको पनि उनको भनाई थियो । सरकारी सेवामा करारमा कार्यरत श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने पनि प्रधानमन्त्रीले बताए । हालसम्म सरकारी सेवामा करारमा कार्यरत श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरिने उनको भनाइृ थियो । हाल सरकारी सेवामा रहेका करारका कर्मचारीलाई कुनै पनि सामाजिक सुरक्षा कार्यक्रमले समेट्दैन ।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पाँच वर्षे रणनीतिक योजना पनि सार्वजनिक गरे । त्यसमा मन्त्रालयले कसरी काम गर्ने र कसरी परिणाम निकाल्ने भन्ने मार्गचित्र छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय