कतारमा शोषणमा परेकाहरुलाई क्षतिपूर्ति दिन फिफासँग माग

कतारमा शोषणमा परेका आप्रवासी श्रमिकहरुलाई क्षतिपूर्ति उपलव्ध गराउन विश्वकप फुटवलको सर्वोच्च निकाय फिफासँग ह्युमन राइट्स वाचले माग गरेको छ । वाचले एक विज्ञप्ती जारी गर्दै हालै कतारमा सम्पन्न फिफा विश्वकप, २०२२ को आयोजना अगाडी गठन गरिएको कोष मार्फत क्षतिपूर्ति दिने निर्णय गर्न आग्रह गरेको हो । फिफाको ७३ औं सम्मेलन १६ मार्च, विहिवार (आज) रुवाण्डामा बस्दैछ । त्यसको पूर्वसन्ध्यामा ह्युमन राइट्स वाचले पुन: अपिल गरेको हो ।

ह्युमन राइट्स वाचको नयाँ अध्ययनले विश्वकप फुटवल प्रतियोगिता हुनुपूर्व, प्रतियोगिताको दौरान र प्रतियोगिता समाप्त भएपछि पनि आप्रवासी श्रमिकमाथि कतारमा शोषण भएको देखाएको छ । वाचले फिफा र कतार सरकारले शोषणमा परेका आप्रवासी श्रमिकहरु र कतारमा ज्यान गुमाएका श्रमिकका परिवारका सदस्यहरुलाई क्षतिपूर्ति दिन आग्रह गरेको हो । ह्युमन राइट्स वाचले जारी गरेको विज्ञप्तीमा भनिएको छ, राम पुकार सहनीका बाबुको मृत्य कतारमा मे २०२२ मा भएको थियो र सहनी परिवारले कुनै क्षतिपूर्ति पाएको छैन । राम पुकार अहिले रोजगारीको अन्य विकल्प नभएपछि पुन: वैदेशिक रोजगारीमा जाने योजनामा छन् ।

विश्वकप फुटवल प्रतियोगिता, २०२२ बाट फिफाले अर्वौ रकम कमाए पनि शोषणमा परेका आप्रवासी श्रमिकहरुलाई क्षतिपूर्ति उपलव्ध नगराएको भन्दै ह्युमन राइट्स वाचले तत्काल क्षतिपूर्ति उपलव्ध गराउन माग गरेको हो । विश्वकप फुटवल प्रतियोगितालाई कतारमा सम्भव बनाउन दिनरात खटेका आप्रवासी श्रमिकहरुले महिनौंको तलव नपाएको, जोखिमपूर्ण अवस्थामा काम गर्न बाध्य भएको र पत्ता नलागेका कारणबाट मृत्युवरण गर्नुपरेको छ, ह्युमन राइट्स वाच, मध्यपूर्वका उपनिर्देशक मिचेल पेजले भनेका छन् ।
फिफाको ८३ औं सम्मेलनको पूर्वसन्ध्यामा आठवटा ट्रेड यूनियन महासंघहरुले फिफालाई पत्र पठाउँदै शोषणमा परेका श्रमिकलाई क्षतिपूर्ति उपलव्ध गराउन माग गरेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: