२७ प्रतिशत बढ्यो रेमिट्यान्स

विदेशमा नेपालीले कमाएर पठाउने रकम (रेमिट्यान्स) २७ दशमलव १ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो सात महिनाको तथ्याङ्कमा सो वृद्धि देखिएको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २७ दशमलव १ प्रतिशतले तथा अमेरिकी डलरमा १६ दशमलव४ प्रतिशतले बढेको हो ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह ६ खर्व ८९ अर्व ८८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४ दशमलव ४ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६ दशमलव ४ प्रतिशतले वृद्धि भई ५ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५ दशमलव ३ प्रतिशतले घटेको थियो ।

पछिल्लो सात महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५७ दशमलव ३ प्रतिशतले वृद्धि भई ३ लाख १४ हजार ७ सय ६७ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुन: श्रम स्वीकृति लिने नेपालीको संख्या पनि १० दशमलव १ प्रतिशतले वृद्धि भई १ लखा ६७ हजार ७ सय ८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २६५ दशमलव ९ प्रतिशतले बढेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: