मलेसियाले आप्रवासी श्रमिकलाई कोभिड विरुद्धको बुष्टर डोज दिन रोजगारदातालाई बाध्य नपार्ने

मलेसियाले कोभिड १९ विरुद्धको बुष्टर डोज खोप दिन रोजगारदातालाई बाध्य नपार्ने भएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले यस बारेमा स्पष्ट पार्दै बुष्टर डोज जो सुकैले लगाउनु उपयुक्त भएपनि बाध्य भनें नपारिने जनाएको हो ।

मलेसियाको अनलाइन द स्टारका अनुसार मलेसियामा एक कम्पनीमा कोभिड १९ विरुद्धको खोपको म्याद सकिन लागेपछि सो खोप विदेशी श्रमिकलाई लगाउन सरकारले रोजगारदातालाई निर्देशन दिएको समाचार सार्वजनिक भएपछि स्वास्थ्य मन्त्रालयले यस बारेमा स्पष्ट पारेको हो । बुष्टर डोज खोप लगाउन बाध्य पारिएको र यसको खर्च रोजगारदाताहरुले भुक्तानी गर्नुपर्ने भएपछि रोजगारदाताहरु त्यसको विरोधमा उभिएका थिए ।

यसैबीच मलेसियाका रोजगारदाताहरुको संगठनले पनि रोजगारीका लागि आउने श्रमिकले आफ्नै मुलुकमा नै कोभिड विरुद्धको बुष्टर डोज लिएर आउनु पर्ने र उनीहरुको खर्च रोजगारदाताले व्यहोर्न नसक्ने भन्दै विज्ञप्ती जारी गरेका थिए । रोजगारदाताहरुको संगठन एमईएफका अध्यक्ष डा. सैयद हुसैन सैयद हुसमानले कुनै पनि रोजगारदातालाई आफ्नो कम्पनीमा काम गर्ने विदेशी श्रमिकलाई कोभिड १९ विरुद्धको बुष्टर डोज लगाउन बाध्य पार्न नपाइने बताएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: