वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भण्डारीलाई ६ महिना कैद र १ लाख जरिवाना फैसला

वैदेशिक रोजगार व्यवसायी संघ (नाफिया) का अध्यक्ष राजेन्द्र भण्डारीलाई वैदेशिक रोजगार न्यायाधिकरणले ६ महिना कैद र १ लाख रुपैयाँ जरिवानाको फैसला गरेको छ । औरोरा ह्युमन रिसोर्स प्रालिका सञ्चालक रहेका भण्डारी वैदेशिक रोजगारको कसूरमा दोषि ठहर भएका हुन् ।

भण्डारी सञ्चालक रहेको सो मेनपावर कम्पनीले संयुक्त अरव इमिरेट्स (युएई)ं को दुवईस्थित ’टिम फर्निचर’ कम्पनीमा श्रमिक पठाउन नक्कली स्वीकृति पत्र बनाएको आरोपमा न्यायाधिकरणमा मुद्धा परेको थियो । सोही मुद्धाको अन्तिम फैसला गर्दै न्यायाधिकरणले नाफियाका अध्यक्ष भण्डारी सहितलाई दोषि ठहर्याएको हो । भण्डारीसँगै नक्कली कागजात छपाई गर्ने प्रेस सञ्चालक शेरबहादुर महर्जनलाई ३ महिना कैद र ५० हजार रुपैयाँ जरिवाना हुने न्यायाधिकरणको फैसला छ । ललितपुरको पुल्चोकस्थित महर्जनको प्रेसबाट युएई, मलेसिया लगायतका मुलुकका सरकारी कार्यालयहरु तथा रोजगारदाता कम्पनीहरुका छाप, लेटरहेड लगायत बरामद भएका थिए । महर्जनले ति छापहरु तथा लेटरहेडहरु मेनपावर कम्पनीका सञ्चालकहरुले बनाउन लगाएको बयान अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष दिएका थिए ।

न्यायाधिकरणका अध्यक्ष रमेशकुमार खत्री र सदस्यहरु निशा बानियाँ तथा गोपीचन्द्र भट्टराईको इजलासले उनीहरुलाई दोषि ठहर गरेको हो । न्यायाधिकरणको फैसलामा चित्त नबुझेमा ३५ दिनभित्रमा सर्वोच्चमा पुनरावेदन गर्न पाउने कानुनी व्यवस्था छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: