मुलुककै जेठो श्रमिक संगठन ट्रेड युनियन कांग्रेस ७७ वर्षमा प्रवेश

नेपालकै जेठो श्रमिक संगठन नेपाल ट्रेड युनियन कांग्रेस आजबाट ७७ औं वर्षमा प्रवेश गरेको छ । राणा शासन कालमा विराटनगर क्षेत्रका कारखाना मालिकहरुको निरंकुश एवं श्रमिकमाथी भएको ज्यादतीको विरुद्ध वि.सं. २००३ फागुन २१ गते गिरिजाप्रसाद कोईरालाको नेतृत्वमा विराटनगर श्रमिक आन्दोलन भएको थियो । त्यहि श्रमिक आन्दोलनको दौरानमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा विराटनगर मिल्स मजदुर संघ, नेपाल मजदुर संघ गठन भयो । पछी त्यस संगठनको नाम नेपाल ट्रेड युनियन कांग्रेस रहन गयो जसको संस्थापक अध्यक्ष पनि गिरिजाप्रसाद कोइराला थिए । उक्त श्रमिक आन्दोलन बिस्तारै राणा शासन विरोधी आन्दोलनमा परिणत भई वि.सं. २००७ सालमा प्रजातन्त्र स्थापना गर्न सफल भएको थियो । ट्रेड युनियन कांग्रेसले स्थापना कालदेखी नै विभिन्न प्रजातान्त्रिक आन्दोलन र श्रमजीवी वर्गको हक अधिकार स्थापना गर्न नेतृत्वदायी भुमिका खेल्दै आएको छ ।

नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले ७७ औं स्थापना दिवसको अवसरमा शुभकामना वक्तव्य दिदै अझै योगदानमा आधारित सामाजिक सुरक्षा , न्युनतम पारिश्रमिक , मर्यादित काम र नीति निर्माण तहमा श्रमिक प्रतिनिधित्वमा प्रभावकारी कार्यान्वयन नभएकोले थप सशक्त अभियान चाल्नुपर्ने जनाएका छन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: