जरिवाना लगाइएका वा ईकामा नबनाइदिएकाहरुलाई विवरण भर्न दूतावासको सूचना

साउदी अरवमा कार्यरत नेपालीलाई हुरुब लागेको वा ईकामा नबनाइदिएको भएमा तत्काल दूतावासको वेभसाइटमा विवरण भर्न साउदी अरवस्थित नेपाली दूतावासले अनुरोध गरेको छ । ईकामाको म्याद सकिएको ३ महिनाभन्दा बढी भएसकेको तर कम्पनी वा कफिलले ईकामा नविकरण नगरिदिएकाहरुलाई तत्काल विवरण भर्न दूतावासले अनुरोध गरेको हो ।

यसैगरी साउदी आएको तीन महिना कटिसक्दा पनि कम्पनी वा कफिलले ईकामा नबनाइदिएको भएमा, हुरुब लागेको भएमा, कम्पनी वा कफिलले जरिवाना लगाएको छ वा कुनै कुनै केसमा जरिवाना लागेको भएमा पनि यथासक्य छिटो विवरण अपडेट गर्न दूतावासले अनुरोध गरेको हो ।

त्यस्तो समस्या भएका व्यक्तिले दूतावासको वेभसाइट https://sa.nepalembassy.gov.np/registration-form मा गएर आफ्नो विवरण भर्न सकिन्छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: